विराटनगरमा पिसिआर विधिबाट कोरोना परीक्षण शुरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशैभर ६१ हजार भन्दा बढीको नमूना परीक्षण गरिएको छ ।
कोरोना बारेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी किट परीक्षणबाट अहिलेसम्म ६१ हजार ६१८ जनाको नमूना परीक्षण गरिएको बताए । उनले पछिल्लो २४ घण्टामा देशैभर एकहजार २५२ वटा नमूना परीक्षण गरिएको जानकारी दिए ।
मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट १३ हजार ९८ र आरडीटी किट परीक्षण विधिबाट ४८ हजार ५२९ नमूना परीक्षण गरिएका छन् ।
मन्त्रालयले आजदेखि विराटनगरस्थित् प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पनि पिसिआर विधिबाट परीक्षण सुरू भएको जनाएको छ ।
योसहित पिसिआर परीक्षण हुने देशैभरको संख्या १७ पुगेको छ ।