कुल जनसंख्याकाे एक प्रतिशतले मात्र गर्छ रक्तदान

काठमाडाैं, जेठ ३१- रक्तदान गर्नु स्वास्थ्यका लागि नै लाभदायीक हुने चिकित्सकहरूले बताइरहँदा नेपालमा भने रक्तदान गर्नेहरू न्यून रहेकाे छ।
बुधबार विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कायर्यक्रम गरी मनाइएकाे छ। तर, नेपालमा भने कुल जनसंख्याकाे एक प्रतिशतले मात्र रक्तदान गर्ने गरेकाे रक्त सञ्चार सेवा केन्द्र काठमाडाैंले जनाएकाे छ।
रक्त सञ्चार सेवा केन्द्रका चिकित्सक डा. प्रकाशकुमार यादवका एक प्रतिशतमा १५ प्रतिशत महिला रहेका रहेका छन्। बाँकी पुरूष रक्तदाता रहेकाे उनले बताए।
रक्त सञ्चार सेवा केन्द्रका अनुसार नेपालमा नेपालमा वार्षिक करिव ३ लाख १७ हजार पिन्ट रगतको आवश्यकता पर्छ। तर, बेलाबेलामा रगतकाे अभाव हुने गरेकाे उनले बताए।
ए पोजेटिभ रगतको माग बढी हुने गर्छ। एक स्वस्थ व्यक्तिले प्रत्येक तीन-तीन महिनामा रक्तदान गर्न सक्छन्। रक्त सञ्चार केन्द्रका नेपालमा ७५ जिल्लामध्धे ७१ जिल्लरामा १ सय ३ रक्त सञ्चार केन्द्र स्थापना गरिएका छन्। प्रत्येक जिल्लाका १ सय ३ स्थानमा रगत चिस्यान केन्द्र स्थापना गरेर सेवा पुर्याइरहेको डा. यादवले बताए।
बुधबार विश्व रक्तदाता दिवस अर्थात मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्लन्डस्टिनरको जन्म दिनको अवसर पारेर यो दिवश मनाइएकाे छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन २००४ देखि यो दिवश मनाउन सुरु गरिएको हो।
रक्तदानको आवश्यकता बारे जनचेतना फैलाउने र मानव जीवन बचाउने रक्तदाताको योगदान प्रति कृतज्ञता व्यक्त गर्ने र एक महान कार्यका रुपमा यो दिवस मनाउने गरिन्छ।
आजको २१ औँ शताब्दिमा कोहि र कुनै स्थानमा पनि मानव जीवन सुरक्षित छैन। जुनसुकै बेला र जहा पनि हामि दुर्घटना वा रोगको सिकार हुन सक्छौ हामीलाई रगतको आवश्यकता पर्न सक्छ। हामीले रक्तदान गरेकै कारण हजारौको न्यान बच्छ। धेरैले नयाँ जीवन पाउछन्।