Suvadin, Home
उच्च रक्तचाप सम्बन्धी नयाँँ मान्यताले विश्वमा चुनौती पैदा गरेको छ। विश्वमा मानिसहरूलार्इ मृत्युको मुखमा पुर्याउने आठ कारण मध्ये उच्च रक्तचाप पहिलो हो।मिर्गाैला फेल र मुटुरोगकाे मुख्य कारक नै उक्त रक्तचाप बनेको छ। उच्च रक्तचापकै कारण मस्तिष्कघात गराउने सक्ने सम्भावना पनि बढी रहन्छ। हालै प्रकाशित ल्यानसिट मेडिकल जर्नलले यस्तो गाम्भीर्यतालाई अब कसरी सहज रुपले स्वीकार्ने भन्ने चुनौती पैदा गरेको उल्लेख गरेको छ। 

काठमाडौं, माघ ९- उच्च रक्तचाप सम्बन्धी नयाँँ मान्यताले विश्वमा चुनौती पैदा गरेको छ। विश्वमा मानिसहरूलार्इ मृत्युको मुखमा पुर्याउने आठ कारण मध्ये उच्च रक्तचाप पहिलो हो।मिर्गाैला फेल र मुटुरोगकाे मुख्य कारक नै उक्त रक्तचाप बनेको छ। उच्च रक्तचापकै कारण मस्तिष्कघात गराउने सक्ने सम्भावना पनि बढी रहन्छ। हालै प्रकाशित ल्यानसिट मेडिकल जर्नलले यस्तो गाम्भीर्यतालाई अब कसरी सहज रुपले स्वीकार्ने भन्ने चुनौती पैदा गरेको उल्लेख गरेको छ। 

विश्वव्यापी रुपमा हेर्दा एक चौथाई पुरुप र एक पाँचौं महिलाहरू रक्तचापबाट ग्रस्त छन्। सामान्य रुपले यसलाई धन र दौलतवालाकाे रोगको रुपमा पनि हेरिन्थ्याे। तर, तथ्याङ्कले चाहिँ त्यसलाई चुनौती दिएको छ। जबकि, मध्य र पूर्वी युरोपमा मानिसहरू लागि उच्चतम् पाइएको छ। महिलाहरूमा उच्च दर चाहिँ अफ्रिकामा रहेको पाइएको छ।

त्यस्तै, अमेरिका र क्यानडाभन्दा निकै कम आय भएका पश्चिमी र एसिया देशका मानिसहरु उच्च रक्तचापको उच्च जोखिममा छन्। अध्ययनमा समावेश गरिएका ३६ देशहरूमा महिलाहभन्दा पुरुषमा उच्च रक्तचाप बढी पाइएको छ। तिनीहरू सबै अफ्रिकन हुन्। 

उच्च रक्तचापको मुख्य कारण व्यायामको अभावका साथ साथै शारीरिक तौलमा बृद्धि हो।  बढी मात्रामा नुन, रक्सी सेवन नगर्ने  र तरकारी र फलफूल धेरै खाएमा यसको जोखिमबाट टाढा रहन सकिन्छ। 

हालसालको  अध्ययनमा प्रारम्भिक जीवनकालमा पोषणको कमी, वायु प्रदूषण र हल्ला आदिले जीवनको उत्तरार्द्धमा रक्तचापले धकेल्न सक्ने देखिएको छ। युरोप र एसियामा उच्च दरले उच्च रक्तचाप वृद्धि हुनुमा यो एउटा कारण हुन सक्ने जर्नलमा उल्लेख छ। 

अफ्रिकामा पुरुष र महिलाबीच ठूलो समानता रहनुमा गरिबी र प्रारम्भिक बाल्यकालमा पोषणको अभाव हुन सक्छ। त्यसैले पनि  पोषणको भूमिका र स्वस्थ्य वातावरण पहिलेभन्दा बढी महत्त्वपूर्ण हुनसक्ने अध्ययनले देखाएकाे छ। अध्ययनले उच्च रक्तचाप उपचारकै भरमा धनी देशहरूमा घट्नुको साटो झन बढिरहेको देखाएकाे छ। अत: उच्च रक्तचापका नियन्त्रण गर्न उपचारभन्दा पनि  समयमै जीवनशैली परिर्वतन गर्न जरुरी रहेको सुझाइएको छ। (द इकोनमिस्टबाट )

 


 

More form the Internet

loading...