Suvadin, Home

अवको ‘नेपाल सम्भावना र कार्यदिशा’ पुस्तकको विमोचन
राज्य नै भ्रष्टाचारी भएको नेता नेपालको आरोप 

नेकपा एमालेका नेता माधव कुमार नेपालले यो देशको राज्य नै भ्रष्टाचारी भएको बताए। बिहीबार काठमाडौमा ‘अवको नेपाल सम्भावना र कार्यदिशा’ समेटिएको विज्ञहरुले लेखेको पुस्तक सार्वजनिक गर्दै नेता नेपालले आगामी दिनमा शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्न सके मुलुक सम्बृद्ध हुने धारणा राखेका हुन्।
अवको नेपाल सम्भावना र कार्यदिशा पुस्तक विमोचन गदैं एमाले नेता माधव कुमार नेपाल।

काठमाडौं, असोज ६ – नेकपा एमालेका नेता माधव कुमार नेपालले यो देशको राज्य नै भ्रष्टाचारी भएको बताए। बिहीबार काठमाडौमा ‘अवको नेपाल सम्भावना र कार्यदिशा’ समेटिएको विज्ञहरुले लेखेको पुस्तक सार्वजनिक गर्दै नेता नेपालले आगामी दिनमा शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्न सके मुलुक सम्बृद्ध हुने धारणा राखेका हुन्।

नेपालले भने ‘राज्यका निकायहरुनै विकास प्रेमी छैनन्। अनि कसरी देश समृद्ध हुन्छ ।’अबको नेपाल साच्चै समृद्ध बनाउने हो भने पुस्तकमा परिकल्पना गरेजस्तो विभिन्न क्षेत्रमा लगानी लगाउनु पर्ने नेता नेपालले बताए। यो देशमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्ने लाई दण्डको व्यवस्था नहुँदा पनि यस्तो भएको आरोप नेपालले लगाए।

उनले नेपालले मुलुकको विकासको मेरुदण्ड नै शिक्षा भएकाले त्यसलाई समय सापेक्ष परिमार्जन गर्न जरुरी रहेको बताएका छन्। 
विश्वमा सरकारी र नीजि लगानी असफल बन्दै गएपनि सहकारीहरु सफल हुँदै गएको भन्दै यसको सहि सदुपयोग गर्नपर्ने नेता नेपालको भनाई थियो।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राज्य भ्रष्टचारी हुँदै गएको भन्दै राज्य विकास प्रेमी हुनुपर्ने भएकाले भावि पुस्ताले त्यसतर्फ चनाखो हुनुपर्ने धारणा राखे। पूर्व मुख्य सचिव विमल कोइरालाले विकासकोलागि जनता सचेत हुनपर्नेमा जोड दिए। पुस्तकमा अबको समृद्ध नेपाल बनाउने प्रशस्त आधारहरु रहेको उनले बताए।

कार्यक्रममा माओवादी नेता लेखनाथ न्यौपाने र कांग्रेसका नेता प्रदिप पौडेलले संविधानमा समाजवाद लेखेपनि व्यवहारमा प्रयोग गर्न नसकिएको बताएका थिए।

उनीहरुले पुस्तकमाथि टिप्पणी गर्दै अवको राजनीतिक नेतृत्वले त्यसतर्फ ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए। सार्वजनिक गरिएको पुस्तक पत्रकार योगेश ढकाल र कृष्ण गिरीले सम्पादन गरेका हुन्। पुस्तकको प्रकाशन शिखा बुक्सले गरेको हो। 


 

More form the Internet

loading...