Suvadin, Home

अब दृष्टिविहीनमैत्री प्रश्नपत्र

शिक्षा मन्त्रालयले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न पत्र बनाउने तयारी गरेको छ। काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न बनाउने विषयमा परीक्षा नियन्त्रण कार्यालयले तयारी गरिरहेको जानकारी दिएका हुन्।
एसएलसी परीक्षामा दृष्टिविहीन विद्यार्थी र सहयोगी।

काठमाडौं, पुस १५


शिक्षा मन्त्रालयले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न पत्र बनाउने तयारी गरेको छ।

काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले दृष्टिविहीन बालबालिकामैत्री प्रश्न बनाउने विषयमा परीक्षा नियन्त्रण कार्यालयले तयारी गरिरहेको जानकारी दिएका हुन्।

उनले अनिवार्य भिजन चाहिने प्रश्नावली दृष्टिविहीन बालबालिकाका लागि प्रतिकूल भएको भन्दै त्यसमा छिटै सुधार आउने विश्वास पनि व्यक्त गरेका छन्।

नेपालमा ८ हजार ५ जना दृष्टिविहीन विद्यार्थी पठनपाठनमा आवद्ध छन्। उनीहरूमध्ये १५ सय ५ जना विद्यालय शिक्षामा आवद्ध रहेका छन्।

उनीहरूले ब्रेल लिपिमार्फत अध्ययन गर्ने गरेको शिक्षा विभागले जनाएको छ।

सबै बालबालिकाहरूलाई सहज रुपमा पढाउने व्यवस्था गर्नुपर्ने संविधानको मौलिक हकमै उल्लेख गरिएको छ।


 

More form the Internet

loading...