Suvadin, Home

स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट वार्डमा सारियो

स्वास्थ्यमा सामान्य सुधार आएपछि केसीलाई आइसियुबाट वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले जानकारी दिए। 'उहाँलाई ४८ घण्टा आइसियुको निगरानिमा राखियो' आइसियु इन्चार्ज समेत रहेका डा. आचार्यले भने, ‘उहाँलाई अहिले ठिक देखेपछि नर्मल वेडमा सारिएको हो।’

काठमाडौं, ६ माघ – अनशनरत डा. गोविन्द केसीलाई सामान्य वार्डमा सारिएको छ।

स्वास्थ्यमा सामान्य सुधार आएपछि केसीलाई आइसियुबाट वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले जानकारी दिए। 'उहाँलाई ४८ घण्टा आइसियुको निगरानिमा राखियो' आइसियु इन्चार्ज समेत रहेका डा. आचार्यले भने, ‘उहाँलाई अहिले ठिक देखेपछि नर्मल वेडमा सारिएको हो।’

यसअघि चिकित्सकहरुको सल्लाह अनुसार केसिले पनि नर्मल वेडमा जाने चाहना देखाएका थिए। आचार्यका अनुसार अनशनरत केसीले पछि समस्या भएको खण्डमा मात्रै आइसियुमा राख्न उपचारमा संलग्न चिकित्सकलाई भनेका थिए।

केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै डा. आचार्यले बाहिर हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन्। डा केसी पुस २५ देखि १६ औं अनशनमा छन्।


 

More form the Internet

loading...