Suvadin, Home
Bridge Water

बुढीगण्डकी जलविद्युत अायाेजना स्वदेशी लगानीमै निर्माण गरिने

सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी विकास निर्माण गराउने निर्णय गरेको छ।

काठमाडौं, मंसिर ८ – सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी विकास निर्माण गराउने निर्णय गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन निर्णय गरेको हो। उपप्रधान तथा उर्जामन्त्री कमल थापाले यसको जानकारी ट्विटरमार्फत दिएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगण्डकी चीनियाँ कम्पनीलाई दिएको थियो र दुई साता अघि सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिजिसीसँगको सम्झौता रद्द गरेको थियो।