Suvadin, Home
सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । २०७१ वैशाख १२ को भुकम्पले विद्यालय ध्वस्त भएपछि पुन:निर्माण प्राधिकरणसहित विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा भवन बनेको हो।

काठमाडौं, फागुन १६– सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ । २०७१ वैशाख १२ को भुकम्पले विद्यालय ध्वस्त भएपछि पुन:निर्माण प्राधिकरणसहित विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा भवन बनेको हो।

१३ कोठासहितको दुर्इ वटा विद्यालय भवन विशेष कार्यक्रम गरी समुदायलाई हस्तान्तरण गरिएको छ। भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको गुम्सा सबैभन्दा बढी मानवीय क्षति पुगेको ठाउँ हो।

भूकम्पपछि दुई वर्ष लगाएर बनाइएको विद्यालय भवन विशेष कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री गगन थापाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भूकम्पपछिको पुन:निर्माणमा केही ढिलाइ भए पनि प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा सरकारबाट त्रुटि नहुने प्रतिवद्धता जनाए।

भूकम्प पुन:निर्माण प्राधिकरण, हेल्प नेपाल, व्यक्तिगत रुपमा विदेशी दाता तथा स्थानीयको श्रम दान समेत गरी झण्डै ९० लाखको लागतमा विद्यालय भवन निर्माण गरिएको हो। हेल्प नेपालका संस्थापक जिग्मी लामाले जिल्लाका विभिन्न ९ वटा विद्यालय पुन:निर्माणमा आर्थिक सहयोग गरिरहेको जानकारी गराउँदै शिक्षाका लगानी बढाउँदै लैजाने बताए।

भूकम्पमा परी सात कन्या माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ज्यान गुमाएका थिए।


 

More form the Internet

loading...