Suvadin, Home

Cover Image

डा.तारानाथ पौडेल विरुद्ध विशेष अदालतमा मुद्दा दायर

डा.पौडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह खुला अन्तर्गतको अहेव पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई लोकसेवा परीक्षाको अन्तर्वार्तामा पास गराइदिने भन्दै एक लाख घुस लिएको अख्यिारको दावी गरेको छ।

काठमाडौं, ३ पुस – गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख डा.तारानाथ पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले डा.पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दर्ता गराएको हो।

डा.पौडेलले स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह खुला अन्तर्गतको अहेव पदको लिखित परीक्षामा उत्तीर्ण भएका परिक्षार्थीलाई लोकसेवा परीक्षाको अन्तर्वार्तामा पास गराइदिने भन्दै एक लाख घुस लिएको अख्यिारको दावी गरेको छ।

उनलाई बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ग बमोजिम सजाय माग दाबी गरिएको अख्तियारले जनाएको छ।


 

More form the Internet

loading...