Suvadin, Home

क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरेका शिवसताक्षीका कर्णबहादुर विकले रु २ लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु  ५० हजार, टाउकोको क्यान्सर पीडित बाह्रदशी –५ की केन्द्रमाया कार्कीले रु २० हजार र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु ५० हजार उपचार सहयोग पाएका छन्। 
सांकेतिक

भद्रपुर, १७ असोज – विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित ७ सदस्यलाई रु २ लाख ५० हजार रकम प्रदान गरेकाे छ। उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए।

सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरेका शिवसताक्षीका कर्णबहादुर विकले रु २ लाख ५० हजार, आन्द्रा क्यान्सर पीडित विर्तामोड–५ की रीमा लिङ्देनले रु  ५० हजार, टाउकोको क्यान्सर पीडित बाह्रदशी –५ की केन्द्रमाया कार्कीले रु २० हजार र घाँटीको क्यान्सरबाट पीडित विर्तामोड–५ का टिका पकुवालले रु ५० हजार उपचार सहयोग पाएका छन्। 

राजीवगान्धी क्यान्सर अस्पताल दिल्लीमा आन्द्राको क्यान्सरको उपचार गराइरहेका कनकाई–३ का भानुभक्त कटुवाललाई रु ४० हजार, आन्द्राकै क्यान्सरको उपचार गराइरेका अर्जुनधारा – ५ का दाताराम भण्डारीलाई रु ५० हजार र एमएनसी स्पेसलिटी अस्पताल दुबईमा स्तन क्यान्सर उपचार गराइरहेकी विर्तामोड–२ की सावित्रा कँडेललाई रु २० हजार उपचार सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ। 

सहारा नेपाल सहकारीले आफ्ना शेयर सदस्यलाई क्यान्सर, मिर्गौला, मुटुरोग, अल्जाइमर्सलगायतका रोग लागेमा ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत अस्पतालको रसीदको आधारमा उपचार सहयोग पुर्याउँदै आएको बताए।
 
 


 

More form the Internet

loading...