Suvadin, Home

लक–डाउनलाई अवसरमा परिणत गर्न शुभदिन मिडियाको अनलाइन प्रशिक्षणहरु सञ्चालनमा

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण घोषणा गरिएको बन्दाबन्दी (लक–डाउन) को अवस्थालाई सिक्ने–सिकाउने अवसरमा परिणत गर्दै विशेषतः युवाहरुलाई सिर्जनशील तथा उपयोगी ज्ञान र सीप  प्रदान गर्ने उद्देश्यका साथ शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले विभिन्न विधामा अनलाइन प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । 


घरमै बसी अनलाइनका माध्यमबाट सहभागिता जनाउन सकिने ती प्रशिक्षणका प्रमुख प्रशिक्षकका रुपमा चर्चित सञ्चारकर्मी तथा अनुभवी प्रशिक्षक सुगरिका के.सी रहेकी छिन् । भाषण कला तथा प्रभावकारी सञ्चार सीप र उद्घोषण कला गरी दुई विधामा तालिमहरु सञ्चालन भइरहेकोमा शुभदिनले आउँदो हप्तादेखि रेडियो उद्घोषकका लागि समेत कक्षाहरु सञ्चालन गर्ने भएको छ । रेडियो उद्घोषणसम्बन्धी प्रशिक्षणमा भने पोड्काष्ट, भ्लग,यूट्युव आदिका लागि कसरी सामग्री निर्माण गर्ने जस्ता विषयहरु समेत समेटिनेछ ।  


हरेक हप्ता नयाँ समूहलाई लिएर कक्षाहरु शुरु हुने शुभदिनको अनलाइन प्रशिक्षणका निमित्त अनलाइनकै माध्यमबाट फारम भरी सहभागिताका लागि आफ्नो नाम दर्ता गर्न सकिनेका साथै निम्न विवरणमा सम्पर्र्क गरी सहजै आयोजक समक्ष आफ्ना जिज्ञासाहरु पनि राख्न सकिने आयोजकले जनाएको छ ।

आयोजकः शुभदिन मिडिया एण्ड रिसर्च सेन्टर
अनलाइन दर्ताका लागि लिंकः https://bit.ly/2X5bB5F
सम्पर्क फोनः ९८४१४५५१६६, ९८४१३७६११२ (Viber/WhatsAPP)
इमेलः  contactsuvadin@gmail.com


 

More form the Internet

loading...