Suvadin, Home
Nepal life 1.376M

चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्दै

६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थालीने आयोजना प्रमुख अजय दाहालले बताएका छन्।

बैतडी, २७ पुस – चाइना गेजुवा ग्रूप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको चमेलिया जलविद्युत आयोजनाले माघ ६ गते देखि विद्युत उत्पादन थाल्ने भएको छ।

सन् २००७ मा निमार्ण सुरु भएको ३० मेगावाटको यो आयोजनाबाट उत्पादन भएका विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न लागिएको हो। ६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थालीने आयोजना प्रमुख अजय दाहालले बताएका छन्।

प्रमुख दाहालका अनुसार शुक्रबार देखि यसको एउटा युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ। ८ अर्बमा निर्माण गर्ने भनिएको यो आयोजना १० वर्ष अगाडि निर्माण सुरु गरेको हो। निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा १५ अर्ब खर्च हुन पुगेको छ।


 

More form the Internet

loading...