Suvadin, Home

अचम्मै! सडक फराकिलाे बनाउँदा स्थानीयबासीकै विराेध

समाजमा कहिलेकाही अचम्मै हुन्छ। स्थानीयबासीकाे गैरजिम्मेवारीले विकासका काम प्रभावित हुनपुग्छ। हाे, झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ। मापदण्डभन्दा घटाएर सडक बनाउने सहमति भएपछि निर्माणको काम अघि बढेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताएका छन्।

ललितपुर, चैत २ – समाजमा कहिलेकाही अचम्मै हुन्छ। स्थानीयबासीकाे गैरजिम्मेवारीले विकासका काम प्रभावित हुनपुग्छ। हाे, झण्डै चार वर्षसम्म अवरुद्ध चापागाउँ दोबाटो–खुमलटार सडक निर्माण शुरु भएको छ।

मापदण्डभन्दा घटाएर सडक बनाउने सहमति भएपछि निर्माणको काम अघि बढेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताएका छन्। बाइस मिटरको मापदण्डका आधारमा सडक विस्तार गर्न खोज्दा स्थानीयवासीले विरोध गरेका थिए।

पछि महानगरपालिकाले फुटपाथ बनाउने गरेर अहिले १७ दशमलव २ मिटरको सडक निर्माण हुन लागेको छ। पटक पटकको वार्तापछि क्षेत्रीय सडक कार्यालयमा सो सडक निर्माणको सहमति जुटेको हो। उनले भने, 'त्यही सहमतिका आधारमा सडक निर्माण अघि बढेको हो।' 

आगामी फागुनसम्ममा सक्ने गरेर निर्माणको काम भइरहेको छ। कार्यालयले विसं २०७०/७१ मा सक्ने गरेर ठेक्का दिएको थियो। सडकको मापदण्डको विवादले गर्दा लामो समयसम्म काम अघि बढ्न सकेको थिएन। उनले भने, 'ठेकेदारले काम गर्न चाहे पनि हामीले काम गर्ने वातावरण बनाउन सकेका थिएनौं।'

विस्तार हुन लागेका धेरै सडकमा कतै स्थानीयबासीको विरोधका कारण र कतै स्थानीय तहले तदारुकता नदेखाउँदा काम अवरुद्ध छ।


 

More form the Internet

loading...