Suvadin, Home

तीन जिल्ला जोड्ने छथरमा खेलमैदानः प्रतिभावान खेलाडीलाई बृद्धिविकासको अवसर

समग्र खेलकुद विकासको समस्यालाई मध्यनजर गर्दै छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा छथर खेलमैदान निर्माण गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ का लागि छथर गाउँपालिकाले १३ लाख विनियोजन गरेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताएका छन्। गाउँपालिकाको नजिकै रहेको शहीद पार्कसँगै निर्माण शुरु भएको खेदान यतिबेला तीब्र रुपमा काम भइरहेको खेलमैदान निर्माण समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले बताएका छन्।
निर्माणाधीन खेलमैदान।

प्रकाश पाक्साँवा, तेह्रथुम २० साउन – तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्र छथर शुक्रबारेमा वर्षेनी खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिन्छ। तर, खेलमैदान नहुँदा यस क्षेत्रका खेलाडी तथा व्यवस्थापकहरु सधैँ चिन्तामा रहँदै आएका थिए। तर, अब खेलप्रेमीहरुको यो समस्या हट्ने भएको छ।

तेह्रथुम, धनकुटा र पाँचथर जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको गाउँपालिकामा खेलमैदान अभावकै कारण विभिन्न प्रतियोगिताहरु सञ्चालनमा समस्या हुँदै आएको थियो।

समग्र खेलकुद विकासको समस्यालाई मध्यनजर गर्दै छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा छथर खेलमैदान निर्माण गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ का लागि छथर गाउँपालिकाले १३ लाख विनियोजन गरेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताएका छन्।

गाउँपालिकाको नजिकै रहेको शहीद पार्कसँगै निर्माण शुरु भएको खेदान यतिबेला तीब्र रुपमा काम भइरहेको खेलमैदान निर्माण समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले बताएका छन्।

खेलमैदानलाई व्यवस्थित बनाउन आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सरकारबाट ७ लाख रुपैयाँ रकम विनियोजन भइरहेको प्रमुख तिगेलाले बताएका छन्।

कोशी राजमार्ग अन्तरगत सिधुवा बजारदेखि ९ किलोमिटर पूर्वमा रहेको शुक्रबारे बजारमा विभिन्न खेल सञ्चालनका लागि आवश्यक खेलमैदान नहुँदा विगतका वर्षहरुमा विभिन्न समस्या भोग्दै आएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष आंखेवाले बताएका छन्।

भलिबल, फुटबलका साथै विभिन्न प्रतियोगिताहरु सञ्चालनका लागि यहाँका स्थानीय क्लबहरुले वर्षेनी विद्यालयहरुका खेलमैदानलाई विकल्पका रुपमा प्रयोग गर्नु पर्थ्यो।

गाउँपालिकाका प्रवक्ता राजन नेपालीले क्षेत्रीय खेलमैदानको रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माण शुरु गरिएको छथर खेलमैदानलाई सम्याउने लम्बाई तथा र्चाडाईलाई फराकिलो बनाउने काम भइरहेको बताएका छन्। खेलकुद पर्यटन विकासका निम्ति गाउँपालिकाले गत वर्ष १३ लाख रुपैयाँ रकम विनियोजन गरेर खेलमैदान निर्माण कार्य शुरु गरेको जनाइएको छ।

खेलकुदमा प्रतिभावान खेलाडीहरु भएपनि खेलमैदान अभावका कारण आफ्नो प्रतिभालाई कुण्ठित गर्न बाध्य युवाहरु अबका दिनमा त्यो समस्याबाट मुक्त भएका छन्। साथै नयाँ खेलाडी उत्पादन गर्ने सपना पनि साकार हुने भएको छ।


 

More form the Internet

loading...