Suvadin, Home

खुर्सानीका रोचक तथ्य

भान्छामा खुर्सानी नहोस? कम बढी प्रयोग होला। केहीलाई छाडेर अधिकांसको भान्छामा यो पाइन्छ नै। खुर्सानी सबैभन्दा पुरानो मसला हो। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ। खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका छन्। खुर्सानीका केही रोचक कुरा यस्ता छन्।
खुर्सानी।

काठमाडाैं, जेठ १०–भान्छामा खुर्सानी नहोस? कम बढी प्रयोग होला। केहीलाई छाडेर अधिकांसको भान्छामा यो पाइन्छ नै।

खुर्सानी सबैभन्दा पुरानो मसला हो। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ। खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका छन्। खुर्सानीका केही रोचक कुरा यस्ता छन्।

१– क्यालोरिना रिपर (अमेरिकी) लाई विश्वको सबैभन्दा पिरो खुर्सानी मानिन्छ। सन् २०१३ मा बकायदा गिनीज बुकमा यो दर्ज भइसकेको छ।

२–भूत झोलोकिया (भारतीय) पिरोपनको मामिलामा सातौं स्थानमा छ। सन् २०११ सम्ममा यो प्रथम स्थानमा थियो।
३–मेक्सिकोमा सबैभन्दा बढी खुर्सानी खाइन्छ। त्यहाँ प्रति वर्ष एक व्यक्तिले ६ केजी हरियो खुर्सानी र आधा केजी रातो खुर्सानी खान्छन्।

४–शिकागोका पेट्रिक बेरतोलेतीले ८ मिनटमा २ सय ७५ वटा जेलेपीनो खुर्सानी खाएर विश्व किर्तिमान बनाएका थिए।

५–खुर्सानीको पिरोपन नाप्न सन् १९१२ मा विल्बर एन स्कोविलेले स्केल बनाएका थिए। 

६–खुर्सानीको लागि ‘चिल्ली’ शब्दको सबैभन्दा पहिलो प्रयोग मेक्सिकोमा भएको थियो। त्यहाँ ‘चिल्ली’ को अर्थ रातो हुन्छ।

७–१४९४ मा स्पेनिस डाक्टर डन जुएन डि ओनेटले सबैभन्दा पहिला खुर्सानीको फाइदाका बारेमा बताएका थिए।

८–मेक्सिकोका शासक करका रुपमा खुर्सानी असुल्ने गर्थे। 

९–जापानमा अपराधीलाई सजाय दिनका लागि उनीहरुको आँखामा खुर्सानी हालिन्थ्यो।

     
 


 

More form the Internet

loading...