Suvadin, Home

Cover Image

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले  बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो ।

चितवन । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने जनाएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले  बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो ।
 
यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन गरिएको थियो । 

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सो समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आगामी शुल्कमा समायोजन गरिने बताएका छन् । 

उनका अनुसार एमबीबीएसमा एक विद्यार्थीसँग छ लाख र बिडीएसमा एक लाख २५ हजार बढी लिइएको छ । त्यसमध्येबाट त्रिवि रजिष्टे«शन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिनेछ । गत वर्ष आइओएमले एमबीबीएसमा रु ४२ लाख ४५ हजार र बिडीएसमा रु १९ लाख ३२ हजार तोकेको थियो ।


 

More form the Internet

loading...