Suvadin, Home

मालावीमा फैलिएको हैजाका कारण ६ को मृत्यु

गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४ सय ३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन्।

लिलोङवे मालावी, २९ माघ – दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ। गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४ सय ३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन्।

हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ।

उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ। मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गरेका छन्। 


 

More form the Internet

loading...