Suvadin, Home

दाङका स्वास्थ्य क्लिनिक सञ्चालक आन्दोलित

स्वास्थ्य मन्त्रालयले लामो समयदेखि सञ्चालन गर्दै आएका स्वास्थ्य सेवा क्लिनिकका सम्बन्धमा ल्याएको नीतिविरुद्ध आन्दोलित भएका छन्। सरकारले फागुन एक गतेदेखि क्लिनिक बन्द गर्ने नीति अघि सारेपछि उनीहरु आन्दोलित भएका हुन्। नेपाल सिएमए संघ दाङले आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय दाङ तथा प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रालयमा सरकारको नीति तत्काल सच्याउन मागसहितको तीन बुँदे ज्ञापनपत्र पठाएको छ।
अान्दाेलित स्वास्थ्यकर्मी । तस्विरः नारायण खड्का/शुभदिन

दाङ, फागुन १


स्वास्थ्य मन्त्रालयले लामो समयदेखि सञ्चालन गर्दै आएका स्वास्थ्य सेवा क्लिनिकका सम्बन्धमा ल्याएको नीतिविरुद्ध आन्दोलित भएका छन्। सरकारले फागुन एक गतेदेखि क्लिनिक बन्द गर्ने नीति अघि सारेपछि उनीहरु आन्दोलित भएका हुन्।

नेपाल सिएमए संघ दाङले आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय दाङ तथा प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रालयमा सरकारको नीति तत्काल सच्याउन मागसहितको तीन बुँदे ज्ञापनपत्र पठाएको छ।

हाल दाङसहित देशभर ३० हजार ५ सय बढी स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा छन्। दाङमा पाँच सय स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा रहेका छन्।

ती अहेबहरुले आफूहरुले विगत २० वर्षभन्दा बढी स्वयम् समाजमा रहेर आमनागरिकहरुको स्वास्थ्य सेवामा महत्वपूर्ण कार्य गरिरहेको र अहिले आएर सरकारले अन्यायपूर्ण निर्णय गरेको भन्दै त्यसको विरोध गरेका थिए।

जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखरेल तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले ज्ञापनपत्र बुझ्दै मागप्रति आफूहरु संकारात्मक रहेको र ज्ञापनपत्रलाई स्वास्थ्य मन्त्रालयसम्म पुर्याउने बताएका थिए।

ज्ञापनपत्रमा सिएमए संघद्वारा सञ्चालनमा ल्याइएका क्लिनिकहरुलाई जनस्वास्थ्य कार्यालयमा सहज रुपमा दर्ता प्रक्रिया मिलाउनु पर्ने, सिएमए पढेकाले बिरामी जाँच तथा परामर्शका साथै उपचार गर्न पाउनु पर्ने माग गरिएको छ। फाल्गुन १५ गतेसम्म आफ्ना मागहरु सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।


 

More form the Internet

loading...