Suvadin, Home

Cover Image

डेंगु नियन्त्रण गर्न आर्थिक संकट, एक वर्षमा ३४ सय बिरामी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५-०७६ को  हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् । 

सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न  स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो । 

यस वर्ष सो क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ । महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, “डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउछ । समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन । किटबक्स पठाइ सकियो । ती निकायलाई थप पैसा कहाँबाट दिनु ? अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ ।” 

 महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं. १ मा तीन हजार एक सय ५२ जना डेंगु रोगको संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं. १ मा सबैभन्दा धेरै तीन हजार एक सय ५२ जना डेंगु रोगका संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको हो।

त्यसैगरी  प्रदेश नं. २ मा १२ जना, प्रदेश नं. ३ मा १ सय २६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेश नं. ५ मा ९६ जना, कर्णली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना संक्रिमित भएको बताए।

डा. कर्णका अनुसार विश्वको आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको छ। १ सय २८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु डेंगु रोगको जोखिमको क्षेत्रमा बसोबास गर्ने गरेको पाइएको छ। रासस

उनले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी  दिएनन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ । चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेङ्गु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको जानकारी दिँदै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताए ।

महाशाखाद्वारा डेङ्गु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले डेङ्गु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेङ्गुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए । सो जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । खासगरी सो जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षात्को महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ । -


 

More form the Internet

loading...