Suvadin, Home
Nepal Telecom 1.213M

३ वर्षदेखि पुनर्निर्माणकाे पर्खार्इ, सरकारी उदाशिनताकाे शिकार
एेतिहासिक दरबार हार्इस्कूलः भत्किन लागेकाे भवनमा ४ सय विद्यार्थी

जीर्ण पर्खाल। ढल्नै लागेकाे भवन। भत्किएकाे छानाे। अनि त्यसैकाे अाेतमा स-साना बालबालिका कखरा पढ्दै छन्। बेला-बेला भित्ताबाट माटाे र र्इटाका टुक्रा खस्दा ती स-साना बालबालिका 'भूकम्प अाएछ' भनेर स्कूलकाे खेलमैदानतिर भाग्न तयार हुन्छन्। हाे, याे कारुणिक दृश्य मुलुककै पहिलो पाठशाला दरबार हार्इस्कूलकाे हाे। त्यसमा पढ्ने चार सय ३० जना बालबालिका ३ वर्षयता यस्तै पीडायुक्त माहाेलमा पढ्न बाध्य छन्।
दरबार हाईस्कूल परिसरमा निर्मित बाँसका टहरा।

काठमाडौं, भदौ ७ – जीर्ण पर्खाल। ढल्नै लागेकाे भवन। भत्किएकाे छानाे। अनि त्यसैकाे अाेतमा स-साना बालबालिका कखरा पढ्दै छन्। बेला-बेला भित्ताबाट माटाे र र्इटाका टुक्रा खस्दा ती स-साना बालबालिका 'भूकम्प अाएछ' भनेर स्कूलकाे खेलमैदानतिर भाग्न तयार हुन्छन्।

कति बेला भवन ढल्ने हाे भन्ने त्राहीमा ती लालाबाला बाँचिरहेका छन्। शिक्षक पनि पढाउँदा-पढाउँदै ज्यानै जाने पाे हाे कि भन्ने चिन्ता अनुहारमा लिएर सेवामा खटिएका हुन्छन्। 

हाे, याे कारुणिक दृश्य मुलुककै पहिलो पाठशाला दरबार हार्इस्कूल (भानु माध्यमिक विद्यालय)काे हाे। त्यसमा पढ्ने चार सय ३० जना बालबालिका ३ वर्षयता यस्तै पीडायुक्त माहाेलमा पढ्न बाध्य छन्। 

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम थालनी हुन सकेकाे छैन। एेतिहासिक विरासत बाेकेकाे दरबार हार्इस्कूलप्रति सरकारी उदाशीनता किन? त्यहाँका हरेक विद्यार्थी, शिक्षक र सराेकारवालाहरूकाे प्रश्न अहिले यही हुन्छ।

मल्लकालीन रानीपोखरीको पश्चिममा अवस्थित दरबार हाईस्कुल जीर्ण अवस्थामा रहेकाे छ। त्यही जीर्ण भवनमा अहिले पनि जोखिम मोलेर विद्यार्थीलाई पढ्दै आइरहेका छन्। वि.सं. १९४८ मा निर्माण भएको उक्त भवनको जस्तापातामा खिया लागेर जताततै प्वाल परेको छ। पछाडितर्फ प्लास्टर गरिएको भाग भत्किएर र्इटा देखिने भइसकेकाे छ।

भवनको भित्तामा झारपात समेत उभ्रिएका छन्। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नै परिवारका छोरा भतिजालाई आधुनिक शिक्षा प्रदान गर्न वि.सं. १९१० मा थापाथलीस्थित आफ्नै दरबारको प्रांगणमा एउटा स्कूल जस्तो गरी पढाउने काम शुरु गरेका थिए।

वि.सं. १९५७ मा तत्कालीन प्रधानमन्त्री देवशमशेरले सर्वसाधारण जनताले पनि पढ्न पाउने व्यवस्था गरेका थिए। राणाकालमा स्थापना भएको याे स्कूल कुनै समय चर्चित थियो।
भूकम्पपछि स्कूलमा विद्यार्थीलाई अध्ययन गराउने वातावरण समेत छैन।

भवन जीर्ण बन्दै गएपछि स्कूलमा विद्यार्थीको संख्यामा कमी आउन थालेको विद्यालयका शिक्षक बताउँछन्। भूकम्पअघि ४ सय ८० जनाको हाराहारीमा विद्यार्थीको संख्या थियो। भूकम्पपछि विद्यार्थीको संख्या घटेर ४ सय ३० को हाराहारीमा पुगेकाे छ।

भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा एकातिर विद्यार्थीको संख्या घट्दै छ भने अर्कोतर्फ स्कूलको इतिहाससमेत नामेट हुने स्थिति सिर्जना भएकाे छ। स्कूलको भवन विद्यार्थी बस्नलायकको नभएर विद्यार्थीहरू वैकम्पिक व्यवस्था गर्न बाँस र जस्तापाताले बेरेर बनाइएका टहरामा बसेर पढ्न बाध्य छन्।

स्कूलका विद्यार्थीलाई दिइने सेवासुविधा सरकारले व्यहोर्दै आएपनि भौतिक संरचनामा नै समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएर इतिहासमा मात्र थियो भन्ने अवस्था आउने सम्भावना रहेको स्कूलका एक शिक्षक बताउँछन्।

चीन सरकारले स्कूल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। स्कूलको संरचना भत्किएको तीन वर्ष भइसक्यो। तर, अहिलेसम्म पुनर्निर्माणको कार्यअघि बढेको छैन। 

चीनले उक्त स्कूलको माटो परीक्षण २ महिना लगाएर गरिसके पनि पुनर्निर्माणको काम भने असोजदेखि शुरु गर्ने जनाएकाे स्कूलका सहायक प्रधानाध्यापक अखिलेश आजाद शुभदिनलार्इ जानकारी दिएका छन्।

पुनर्निर्माणको कार्य सम्पन्न गर्नका लागि चीनले डेढ वर्षको समय सीमा तोकेको सहायक प्रधानाध्यापक आजातले उल्लेख गरेका छन्। दरबार हाईस्कूलको पुनर्निर्माणका लागि २५ करोडभन्दा बढी रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।

एेतिहासिक रुपमा नेपाली र संस्कृत विषयलाई प्राथमिकतामा राखेको भएपनि पछिल्लो समय सरकारले नर्सरीदेखि कक्षा ४ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पढाई गर्दै आइरहेको छ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीले आफूलाई इच्छा लागेअनुसार नेपाली, अंग्रेजी दुई वटै माध्यमबाट पढ्न पाउने व्यवस्था छ। संस्कृत विषय भने एेच्छिक विषयमा समावेश गरिएको छ।

एनसीपी नामक संस्थाले त्यहाँ अध्ययनरत विपन्न तथा भूकम्प प्रभावित विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेको छ। जसले कापी, कलम तथा खाजा प्रदान गर्दै आएको छ।

सरकारी स्वामित्वमा सञ्चालन भएको स्कूलमा निःशुल्क शिक्षा मात्रै नभएर छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। सकारले सम्पूर्ण सेवा दिँदादिँदै पनि स्कूलमा विद्यार्थीको संख्यामा कमी आएको आजाद स्वीकार गर्छन्।

यही अवस्थामा स्कूल हुने हो भने भविश्यमा लोप हुने सम्भावना रहेको उनी बताउँछन्। भूकम्पले स्कूलको भवन भत्किएकाले विज्ञान विषयको प्रयोगात्मक परीक्षण समेत गर्न नसकिएको विद्यार्थी बताउँछन्।

प्रयोगात्मक परीक्षणका लागि भवनको माथिल्लो तलामा जानुपर्ने भएकाले त्यहाँ जाने अवस्था नभएको विद्यार्थीको भनाई छ। भवनको पुनर्निर्माण नहुँदा विद्यार्थीको भविश्य समेत अन्यौलमा परेकाे अभिभावकहरूकाे गुनासाे छ।


 

More form the Internet

loading...