Suvadin, Home

झापामा १२०, महाेत्तरीमा २४५ बिरामी
तरार्इ-मधेशमा डेंगुकाे डरलाग्दाे सन्त्रासः झापामा एक जनाकाे मृत्यु

बिर्तामोडमा ५२, दमकमा ५, काँकरभिट्टामा ६, बुद्धशान्तिमा २, कनकाईमा २ जनासहित अन्य विभिन्न क्षेत्रका गरी एक सय २० जनामा डेंगुकाे संक्रमण। महोत्तरी बर्दिबास नगरपालिकाभित्र डेंगुबाट दुई सय ६३ जना प्रभावित।
झापाकाे एक अस्पतालमा उपचारत बिरामी। तस्वीरः शुभदिन

झापा, कात्तिक ६ – डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहकाे डेंगुका कारण मृत्यु भएकाे हाे।

केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण साह पीडित थिए। बिर्ताबजारस्थित बिर्ता हेल्थ क्लिनिकमा उपचार गराइरहेका साहकाे स्थिति चिन्ताजनक भएपछि रेफर गरिएकाे थियाे। तर, उनकाे थप उपचार हुन पाएन। 

असोजकाे पहिलाे साता बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा फैलिएकाे छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ५२, दमकमा ५, काँकरभिट्टामा ६, बुद्धशान्तिमा २, कनकाईमा २ जनासहित अन्य विभिन्न क्षेत्रका मानिसहरुमा डेंगुको संक्रमण भेटिएको छ। एक सय २० जनामा डेंगुकाे संक्रमण देखिएकाे छ।

बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले जिल्लाका दमक अस्पताल, सुरुङ्गा प्राथमिक उपचार केन्द्र, अनारमनी स्वास्थ्य चौकी, धुलाबारी प्राथमिक उपचार केन्द्र र काँकरभिट्टा स्वास्थ्य चौकीमा निःशुल्क डेंगुको उपचार हुने बताएका छन्।

यसअघि, असोज ६ गते पहिलो पटक बिर्तासिटी हस्पिटलमा डेंगुका बिरामी फेला परेका थिए। डेंगुकाे संक्रमण बढेपछि जनस्वास्थ्य कार्यालयले सतर्क रहन सर्वसाधारणलार्इ अाग्रह गरेकाे छ।

महोत्तरी दुई सय ४५ जना संक्रमित

महोत्तरी बर्दिबास नगरपालिकाभित्र डेंगुबाट दुई सय ६३ जना प्रभावित भएका छन्। असोज १६ गते पहिलो पटक पाँच जनामा देखिएको थियाे। साेमबारसम्ममा दुई सय ६३ जनामा देखिएको हो। जसमध्ये दुई सय ४५ जना स्थानीयबासी रहेका छन्। 

बाँकी १८ जना सिन्धुली र धनुषा जिल्लाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। डेंगुका बिरामी बढ्दै गएपछि बर्दिबास क्षेत्रमा त्रास फैलिएको छ।


 

More form the Internet

loading...