Suvadin, Home

झापामा ३६ जना डेंगुका विरामी फेला 

झापामा डेंगु रोग संक्रमणको संख्या बढ्दै गएको छ। झापामा मात्रै पछिल्लो समय ३६ जना डेंगु रोगी फेला परेका छन्। बिर्तामोडका अस्पतालमा उक्त विरामी फेला परेका हुन्।
लामखुट्टे।

काठमाडौं, असोज २३ – झापामा डेंगु रोग संक्रमणको संख्या बढ्दै गएको छ। झापामा मात्रै पछिल्लो समय ३६ जना डेंगु रोगी फेला परेका छन्। बिर्तामोडका अस्पतालमा उक्त विरामी फेला परेका हुन्।

जिल्लामा डेंगुको संक्रमण फैलिएको जनगुनासो बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिर्तामोडका विभिन्न अस्पतालमा ‘सर्भिलेन्स गरेको थियो।

जिल्लामा जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरे जानकारी दिए। डेंगु रोगको संक्रमण बढेसँगै नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय बिर्तामोड नगरपालिकासँग सहकार्य गरि अभियान नै थालेको छ। 


 

More form the Internet

loading...