Suvadin, Home

Cover Image

स्वास्थ्य चौकीमै गयो सुत्केरीको ज्यान

त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा एक सुत्केरीको निधन भएको छ । सुत्केरी भएको ६ घण्टा पछि ३७ वर्षीया रेजीया नेपालीले स्वास्थ्य चौकीमै देहलिला त्याग गरेकी हुन् । 

बाजुरा । त्रिवेणी नगरपालिकास्थित छतारा स्वास्थ्य चौकीमा एक सुत्केरीको निधन भएको छ । सुत्केरी भएको ६ घण्टा पछि ३७ वर्षीया रेजीया नेपालीले स्वास्थ्य चौकीमै देहलिला त्याग गरेकी हुन् । 

त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजारकी रेजीया नेपालीले चौथो सन्तान स्वास्थ्य संस्थामै जन्भाइन् । उनको शिशु पनि सामान्य रुपमै जन्मियो ।  सुत्केरीपछि पनि उनको अवस्था सामान्य थियो ।  तर, शिशु जन्मिएको ६ घन्टामा रेजीयाको एक्कासी बेहोस भएर मृत्यु हुन पुग्यो । 

रेजीयाले बिहान एक गिलास दूध र बिस्कुट खाएर बच्चालाई दूध चुसाएको आधा घण्टापछि बेहोस भएर मृत्यु भएको स्वास्थ्य चौकीको भनाई छ ।

शरीरमा रगतको मात्रा निकै कम थियो । कमजोरीकै कारण बेहोस भएको हुनसक्ने स्वास्थ्य कर्मीको भनाई छ । 

सामान्य अवस्थामा सुत्केरी भएकाले थप उपचार र विकल्प खोज्ने अवस्था नै थिएन परिवारका आफन्तसँग राम्रो कुराकानी पनि भएको थियो। उनका श्रीमान चंख नेपालीसहित आफन्तहरु पनि उनीसँगै थिए ।


 

More form the Internet

loading...