Suvadin, Home

अनियमितता रोक्ने शिक्षामन्त्रीकाे प्रतिवद्धता

शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्न सरकारले विभिन्न समिति बनाएर काम अघि बढाएको जानकारी दिएका हुन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले विभिन्न मेडिकल कलेजहरुमा महँगो शुल्क असुली भइरहेकाले त्यसमा रोक लगाउन सरकारले अनुगमनको कार्य सुरु गरिसकेको पनि स्पष्ट पारे।

काठमाडौं, माघ २९


शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्न सरकारले विभिन्न समिति बनाएर काम अघि बढाएको जानकारी दिएका हुन्।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विभिन्न मेडिकल कलेजहरुमा महँगो शुल्क असुली भइरहेकाले त्यसमा रोक लगाउन सरकारले अनुगमनको कार्य सुरु गरिसकेको पनि स्पष्ट पारे।

मन्त्री पौडेलले सरकारले संघीय सरंचना अनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा विश्वविद्यालय बनाउने तयारी भईरहेको पनि बताए। सात वटै प्रदेशमा आम सञ्चार, पर्यटन लगायतका विषयगत विश्वविद्यालय स्थापना गर्ने बताए।

मन्त्री पौडेलले यसका लागि नीतिगत व्यवस्था गर्न लागिएको बताए। मन्त्री पौडेलले एक वर्षभित्र तीन वटै तहको निर्वाचन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताएका छन्।


 

More form the Internet

loading...