Suvadin, Home
Nepal life 2.601M

वरिष्ठ पत्रकार एवं शिक्षक भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

वरिष्ठ पत्रकार एवं बिर्तामोड नगरपालिकास्थित गरामनीको दुर्गा माविका शिक्षक भट्टराईको हातमा पनि चोट लागेको छ। उनका चार वटा करंगमा गम्भीर दवाव परेको चिकित्सकले बताएका छन्। नेपाल इंग्लिस ल्याङ्वेज टिचर्स एशोसिएसनका झापा अध्यक्ष हुन् भट्टराई। त्यसैगरी, देवी माविका शिक्षक भूपेश मर्डीको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ। उनको हात भाँचिएको तथा शरीरका केही भागमा चोट लागेको छ।
वरिष्ठ पत्रकार एवं झापाका शिक्षक धर्मेन्द्र भट्टराई (मामा)।

झापा, २७ वैशाख – शैक्षिक कार्यक्रमका लागि पोखरा जाने क्रममा दुर्घटना परेका वरिष्ठ पत्रकार एवं झापाका शिक्षक धर्मेन्द्र भट्टराई (मामा) को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

दुर्गा माविका प्राचार्य कृष्णप्रसाद पाठकका अनुसार भट्टराईको उपचार चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ। भट्टरार्इको छातीमा चोट लागेकाले बोल्न मिल्दैन। र, केही समय अस्पतालमै रहनु पर्ने छ। यद्यपि, स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

वरिष्ठ पत्रकार एवं बिर्तामोड नगरपालिकास्थित गरामनीको दुर्गा माविका शिक्षक भट्टराईको हातमा पनि चोट लागेको छ। उनका चार वटा करंगमा गम्भीर दवाव परेको चिकित्सकले बताएका छन्। नेपाल इंग्लिस ल्याङ्वेज टिचर्स एशोसिएसनका झापा अध्यक्ष हुन् भट्टराई। 

त्यसैगरी, देवी माविका शिक्षक भूपेश मर्डीको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ। उनको हात भाँचिएको तथा शरीरका केही भागमा चोट लागेको छ। 

गम्भीर घाइते भएकी महेन्द्ररत्न माविकी शिक्षिका रीता निरौला र जनजागृति मावि गोलधापकी शिक्षिका टीका सुबेदी उपचारपछि डिस्चार्ज भएका छन्। विद्यार्थी मुना दंगालको बिर्तामोडको बि एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

शिक्षक लक्ष्मण शिवाकोटीका अनुसार वैशाख १९ गते बिहान करिब २ बजेतिर हेटौँडा नजिकै बस दुर्घटनामा परेको थियो।

इंग्लिस एक्सेस माइक्रोस्कलरसीप प्रोग्राम, नेपाल एक्सेस इन्टेसिभ लिडरसीप क्याम्प २०१८ मा सहभागिताका हुन पोखरा जाँदै गरेका ४२ विद्यार्थी र ६ शिक्षक सवार बस दुर्घटनामा परेको शिवाकोटीले जनाएका छन्।


 

More form the Internet

loading...