Suvadin, Home

चिकित्सक समाज नेपालद्वारा सुरक्षाकाे माग
डा. सिंहमाथि भएकाे सांघातिक अाक्रमणका अभियुक्तलार्इ कारबाही गर्न माग

चिकित्सक समाज नेपाल डोटी जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि भएको सांघातीक आक्रमणमा संलग्न अभियुक्तलार्इ कडा कारबाहीकाे माग गरेकाे छ। समाजकी महासचिव डा. तोशिमा कार्कीले साेमबार प्रेस विज्ञप्ति जारी गरी डोटीजस्तो दुर्गम जिल्लामा कार्यरत चिकित्सक डा. सिंहमाथि ड्युटीमा खटिरहेको अवस्थामा कार्यक्षेत्रमै गुण्डाशैलीमा कुटपिट गर्ने अभियुक्तलार्इ कारबाहीकाे माग गरेकी हुन्।

काठमाडाैं, फागुन ७ – चिकित्सक समाज नेपाल डोटी जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि भएको सांघातीक आक्रमणमा संलग्न अभियुक्तलार्इ कडा कारबाहीकाे माग गरेकाे छ।

समाजकी महासचिव डा. तोशिमा कार्कीले साेमबार प्रेस विज्ञप्ति जारी गरी डोटीजस्तो दुर्गम जिल्लामा कार्यरत चिकित्सक डा. सिंहमाथि ड्युटीमा खटिरहेको अवस्थामा कार्यक्षेत्रमै गुण्डाशैलीमा कुटपिट गर्ने अभियुक्तलार्इ कारबाहीकाे माग गरेकी हुन्।

विज्ञप्तिमा चिकित्सकमाथि अाक्रमणकाे घटनाले राज्यमा दण्डहीनताले चरम पराकाष्ठा नाघिसकेको पुष्टि गरेको टिप्पणी गरिएकाे छ।

अाइतबार विजयसिंह बिष्टले डा. सिंहमाथि हातपात गरेकाे र पुन: साढे ३ बजेतिर विजयसिंह बिष्ट, टेकबहादुर बिष्ट, हिक्मतबहादुर बिष्ट, अरुण महतलगायतले टोलिले मेडिकल सुपरिटेन्डेन्ट कक्षको ढोका र चुकुल फोडेर डा. सिंहमाथि टाउको तथा शरीरका विभिन्न भागमा अाक्रमण गरेका थिए।

'उक्त घटनामा डाक्टरको नथ्री फुटेर रगत बगेको, माथिल्लो दाँत भाँचिएको, अनुहार र शरीरमा अनेक चोट लागेको र हातमा गहिरो चोट लागेकाले घाइते डाक्टर डा. जितेन्द्र सिंह सोही अस्पतालमा उपचाररत छन्,' विज्ञप्तिमा भनिएकाे छ, 'हामी चिकित्सकहरु दिन रात नभनी अहोरात्र आम मानिसको सेवामा खटिरहेको दृष्टान्त हुँदाहुँदै पनि यस्तो निकृष्ट कार्य गरी डाक्टरहरुलाई मानसिक र शारीरिक यातना दिनु निन्दनीय मात्र नभई एक दण्डनीय अपराध पनि हो।' 

स्वास्थ्यकर्मीहरुको सुरक्षाका निमित्त बिना धरौटी जेल चलानको कानून निशर्त लागू गर्न पनि समाजले माग गरेकाे छ।

'हामीले दिएको पटक पटकको जानकारी, खबरदारी र शान्तिपूर्ण विरोधका कार्यक्रमहरुलाई बेवास्ता गरी राज्यले चिकित्सकहरुमाथि हुने हिंसालाई बढवा दिइरहेका कारण नै दुर्गम क्षेत्रमा, दूरदराजमा बसेर काम गर्नलाई वा काम गरिरहेका चिकित्सकहरु हतोत्साहित भएका छन्,' विज्ञप्तिमा भनिएकाे छ।


 

More form the Internet

loading...