Suvadin, Home

जाडाेपीडितका लागि सहायता सामग्री बाेकेर राैतहट पुगे डा. केसी

जाडाेका कारण राैतहटकाे गढीमार्इ नगरपालिकामा रहेकाे इट्टाभट्टा क्षेत्रमा रहेका सर्वसाधारणका लागि न्यानाे कपडा, ब्लाङ्केट र अाैषधि लिएर प्रा.डा. केसीकाे टाेली राैतहट पुगेकाे हाे। केसीकाे टाेलीले त्यहाँका सर्वसाधारणलार्इ ती सामग्री वितरण गर्ने डा. अभिषेक राज सिंहले जनाएका छन्। पुस २४ गते पक्राउ परेका प्रा.डा. केसी रिहा भएलगतै चिसाेबाट पीडित नागरिककाे सहायताका लागि जुटेका थिए।
प्रा.डा. केसीका साथमा डा. ताेशिमा कार्की र डा. अभिषेक राज सिंह।

काठमाडौं, ३ माघ – वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी अाफ्ना सहयाेगी र विद्यार्थीसँगै राैतहट पुगेका छन्।

जाडाेका कारण राैतहटकाे गढीमार्इ नगरपालिकामा रहेकाे इट्टाभट्टा क्षेत्रमा रहेका सर्वसाधारणका लागि न्यानाे कपडा, ३ सय थान ब्लाङ्केट र अाैषधि लिएर प्रा.डा. केसीकाे टाेली राैतहट पुगेकाे हाे।

राैतहटमा मात्रै चिसाे बढेपछि १९ जना सर्वसाधारणकाे मृत्यु भइसकेकाे प्रहरीले जनाएकाे छ। प्रा.डा. केसीकाे टाेलीले त्यहाँका सर्वसाधारणलार्इ ती सामग्री वितरण गर्ने डा. अभिषेक राज सिंहले जनाएका छन्।

यसअघि, पुस चाैथाें साता नै राैतहट जाने तयारीमा रहेका प्रा.डा केसीले सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनबाट बर्खास्तीमा परेका प्रा.डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि सत्याग्रह थालेका थिए।

पुस २४ गते पक्राउ परेका प्रा.डा. केसी रिहा भएलगतै चिसाेबाट पीडित नागरिककाे सहायताका लागि जुटेका थिए।


 

More form the Internet

loading...