Suvadin, Home

प्रा.डा. केसीले भने,
'न्याय बिक्री गर्ने न्यायाधीशविरुद्ध लड्छु, गाेपाल पराजुलीले राजीनामा दिनैपर्छ'

सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि  डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन्। ‘प्रधानन्यायाधीशले राजीनामा नदिए अझै कडा रूपमा आन्दोलन गर्छु, न्याय बिक्री गर्ने न्यायाधीशविरुद्ध अझै लड्छु, जवाफदेही बनाएरै छोड्ने हो,’ डा केसीले भने।

काठमाडौं, माघ २७ – वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गरेका छन्।

सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि  डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन्।

‘प्रधानन्यायाधीशले राजीनामा नदिए अझै कडा रूपमा आन्दोलन गर्छु, न्याय बिक्री गर्ने न्यायाधीशविरुद्ध अझै लड्छु, जवाफदेही बनाएरै छोड्ने हो,’ डा केसीले भने।

सर्वोच्चले दिएको कागजात र विभिन्न सञ्चार माध्यामहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलगअलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको डा. केसीले बताए।

धेरै ठाउँमा प्रवेशिका परीक्षा फेल भएको चितवनको ट्रान्सकिप्ट नै पेश गरेको भन्दै डा. केसीले वीरगञ्जबाट प्रवेशिका परीक्षा पास गरेको भनिएको शैक्षिक प्रमाणपत्रमाथि  शंका व्यक्त गरेका छन्।


 

More form the Internet

loading...