Suvadin, Home

डा. केसीको माग सम्बोधनका लागि आज पुनः वार्ता

चिकित्सा क्षेत्र सुधारसहितका माग र।ाख्दै ११औं पटक अनशनरत प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न आज पुनः वार्ता हुने भएको छ। यसअघिका वार्ता बिना निष्कर्ष टुंगिएकोमा शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठ नेतृत्वको टोलीले पुनः वार्ताको तयारी थालेको हो। 
अामरण अनशनरत प्रा.डा. गाेविन्द केसी।

काठमाडाैं, साउन १६–चिकित्सा क्षेत्र सुधारसहितका माग र।ाख्दै ११औं पटक अनशनरत प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न आज पुनः वार्ता हुने भएको छ।

यसअघिका वार्ता बिना निष्कर्ष टुंगिएकोमा शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठ नेतृत्वको टोलीले पुनः वार्ताको तयारी थालेको हो। 

श्रेष्ठद्वारा जारी विज्ञप्तिमा डा. केसीको सम्बन्धमा सोमबार हुने वार्ता संस्थानका डिनले स्वायत्तताको खाका ल्याउने आइतबारको वार्तामा सहमति भएको उल्लेख छ। 

चिकित्सा शिक्षामा एकरुपता ल्याउन तथा गुणस्तर कायम गर्न वर्तमान जल्दाबल्दा मुद्दालाई समेट्दै माथेमा आयोगको प्रतिवेदनको मर्म र भावनाको प्रतिकूल नहुने गरी विचाराधीन चिकित्सा शिक्षा विधेयक छिटो संसद्बाट पारित गर्न सरकारका तर्फबाट गरेको आग्रहलाई व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिले सकारात्मक रुपमा लिनुभएको विज्ञप्तिमा जनाइएको छ। 

वार्ताका क्रममा भएको हालसम्मका प्रगतिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई अवगत गराइएको जनाइएको छ। 

तत्काल माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित, विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिदबाट आइओएममा फिर्तालगायत माग गर्दै डा. केसी साउन ९ गतेदेखि ११औँ पटक अनशनमा छन्। 


 

More form the Internet

loading...