Suvadin, Home

नोबेल अस्पतालका सञ्चालक डा शर्मा सम्मानित

डा शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले मुलुककै सबैभन्दा बढी कर तिरेर उदाहरणीय काम गरेकाले सम्मान गरिएको स्ववियू सचिव रोशन पराजुलीले बताए। 

विराटनगर, २६ मंसिर – स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा सुनील शर्मालाई आज मोरङको शनिश्चरेमा सम्मानित गरिएको छ। 

पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट क्याम्पस प्रमुख चेतन पौडेल र स्वावियू सभापति गोपाल साँवाले उनलाई सम्मानित गरेका हुन्।

डा शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले मुलुककै सबैभन्दा बढी कर तिरेर उदाहरणीय काम गरेकाले सम्मान गरिएको स्ववियू सचिव रोशन पराजुलीले बताए। 

अस्पताललाई केही दिनअघि आन्तरिक राजश्व विभागले काठमाडौंमा समेत सम्मान गरेको थियो। सम्मानित डा शर्माले पथरी क्याम्पसमा व्यवस्थापन सङ्कायमा अध्ययनरत एक उत्कृष्ट विद्यार्थीलाई चार्टर एकाउण्टेन विषयमा निःशुल्क पढाइदिने प्रतिबद्धता जनाए। 


 

More form the Internet

loading...