Suvadin, Home

केसीको स्वास्थ्य अवस्था गम्भिर 
विधेयक परिमार्जनमा एमालेको असहमति 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ।
प्रा.डा.गोविन्द केसी।

काठमाडौं, असोज २६ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ।

अनशनको सातौं दिनसम्म बोल्न सक्ने अवस्थामा भएपनि आठौं दिनमा भने बोल्न नसक्ने अवस्थामा पुगेका छन्। शरीरका सबै मांसपेशी दुख्ने, कटकट खाने, टाउँको र छाती दुख्ने समस्या बढेपछि केसी बोल्न नसक्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले बताएका छन्।

सहयोगीका अनुसार केसीको अत्यधिक छाती दुखेको छ। जसले श्वासप्रश्वासमा पनि समस्या भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले केसीलाई नबोल्न सुझाब दिएका छन्।

प्रा.डा. केसीका मागमा सहमति खोज्न गठन भएको सरकारी वार्ता समितिले चार दिनसम्म काम थालेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा गठन गरेको समितिले चार दिन बित्दा पनि सहमतिका लागि पहल गरेको छैन।

विधेयकमाथि बिहीबार सभामुखको कार्यकक्षमा दलहरुबीच छलफल हुने अपेक्षा गरिएको थियो। तर संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले पारित गरिसकेको विधेयक भएका हुनाले सिधै सरकारले त्यसमा परिमार्जन गर्न नसक्ने एमालेको तर्क छ।

‘समितिको प्रतिवेदनको आधारमा जानुपर्यो, त्यो भन्दा फरक जान मिल्दैन,’एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने,‘ त्यो भन्दा फरक गरी विधेयक बनाउने हो भने समिति पनि सहमत हुनुपर्यो।’


 

More form the Internet

loading...