Suvadin, Home

डा. केसी पक्ष र सरकारी टोलीबीच पहिलो चरणको वार्ता 
दुवै पक्ष आ–आफ्ना अडानमै सिमित

सरकार र अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच शुक्रवार पहिलो चरणको वार्ता भएको छ । डा. केसी अनशन बसेको नवौं दिनका दिन भएको औपचारीक वार्तामा दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने काम भएको डा. केसीका प्रतिनिध अभिषेक प्रताप सिंहले जानकारी दिए।
डा.गोविन्द केसी।

काठमाडौं, असोज २७ – सरकार र अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच शुक्रवार पहिलो चरणको वार्ता भएको छ । डा. केसी अनशन बसेको नवौं दिनका दिन भएको औपचारीक वार्तामा दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने काम भएको डा. केसीका प्रतिनिध अभिषेक प्रताप सिंहले जानकारी दिए।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकारी पक्षले भने चिकित्सा शिक्षा विधेयक संसदको क्षेत्राधिकार भित्र पर्ने भन्दै सो सम्बन्धमा आफुहरुले आधिकारिक धारणा दिन नसक्ने बताएका थिए।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा बनाईएको वार्ता टोलीमा स्वास्थ्य सचिव किरण रेग्मी र निमित्त शिक्षा सचिव डिल्लीराम रिमाल रहेका थिए।

त्यस्तै डा. केसीका तर्फबाट वाइपी सिंह, कश्यप श्रेष्ठ, अभिषेक सिंह र अधिवक्ता ओमप्रकाश अर्याल वार्तामा सहभागी भएका थिए। अर्को बैठकको समय र मिति भने तय नभएको डा. सिंहले जानकारी दिए।  


 

More form the Internet

loading...