Suvadin, Home

अस्पतालकाे संक्रमण र फोहोर व्यवस्थापन किन गर्ने?

डाक्टर होस् वा बिरामी वा साधारण व्यक्ति कुनै चिज छोएपछि नियमित रूपले साबुन पानी होस् वा ‘एन्टिसेफ्टी जेल’ले हात धुने गर्नुपर्छ। स्वास्थ्यकर्मीले प्रत्येक बिरामीलाई जाँच गर्नुभन्दा अगाडि त्यसरी नै हात धुनुपर्छ। अर्काे, अस्पतालको संक्रमण नियन्त्रण गरिएको छ-छैन। स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइका कुराहरू जस्तै एप्रोन लगाएको छ-छैन, ग्लोप्स् ठीक छ-छैन। रोगबाट बँच्नका लागि के कस्ता उपाय अपनाइएको छ। अस्पतालमा संक्रमण गराउने वस्तु के-कस्तो अवस्थामा छन्, त्यसको कसरी व्यवस्थापन गरिएको छ। फोहोर फाल्दा अरुलाई थप जोखिम निम्त्याएको छ कि आदि कुरामा विचार पुर्याउनु पर्ने हुन्छ। 
अस्पतालबाट उत्पादित फाेहाेर।

 डा. ऋषिकुमार काफ्ले


बिरामी अस्पतालमा रोग निको पार्न आउँछन्। तर, अस्पताल भित्रको वातावरण ठीक छैन भने बिरामी संक्रमणमा पर्छन्। बिरामीले ल्याएको संक्रमण डाक्टरका लागि खतरा हुनसक्छ। त्यसकारण संक्रमण नियन्त्रणका लागि मापदण्डमा अनुरूप काम नगरिए बिरामी मात्रै होइन, स्वस्थ व्यक्ति पनि बिरामी पर्नसक्छ। त्यसैले हरेक अस्पतालमा संक्रमण र फोहोर व्यवस्थापनका लागि छुट्टै निकाय ‘इनफेक्सन कन्ट्रोल’ कमिटीको आवश्यकता परेको हो। 
डाक्टर होस् वा बिरामी वा साधारण व्यक्ति कुनै चिज छोएपछि नियमित रूपले साबुन पानी होस् वा ‘एन्टिसेफ्टी जेल’ले हात धुने गर्नुपर्छ। स्वास्थ्यकर्मीले प्रत्येक बिरामीलाई जाँच गर्नुभन्दा अगाडि त्यसरी नै हात धुनुपर्छ। अर्काे, अस्पतालको संक्रमण नियन्त्रण गरिएको छ-छैन। स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइका कुराहरू जस्तै एप्रोन लगाएको छ-छैन, ग्लोप्स् ठीक छ-छैन। रोगबाट बँच्नका लागि के कस्ता उपाय अपनाइएको छ। अस्पतालमा संक्रमण गराउने वस्तु के-कस्तो अवस्थामा छन्, त्यसको कसरी व्यवस्थापन गरिएको छ। फोहोर फाल्दा अरुलाई थप जोखिम निम्त्याएको छ कि आदि कुरामा विचार पुर्याउनु पर्ने हुन्छ। 

यहाँनेर संक्रमण गराउने दुई वटा कुरा छन्। एउटा, अस्पतालभित्र र अर्काे अस्पताल बाहिर। अस्पतालबाट निस्किने ठोस फोहोर बाहिर कसरी व्यवस्थापन गरिन्छ त्यो पनि उतिकै महत्वपूर्ण छ। यस अन्तर्गत रगत, पिप आदि फोहोरको बाल्टीमा राखिन्छ। एड्स तथा हेपाटाइटिस-बीका बिरामीलाई प्रयोग गरिएका सुईहरू त्यतिकै फोहोर बाल्टीमा राख्दा फोहोर सफा गर्नेहरूलाई अकस्मात ती सुइँले घोच्यो भने उनीहरुलाई पनि संक्रमण गराउँछ। यस्ता तिखा सुईहरू कसरी व्यवस्थापन भइहरेको छ। सफा गर्ने कर्मचारीहरूलाई जानकारी दिएको छ-छैन? अथवा स्वास्थ्यकर्मीहरूले यसलाई छुट्याएर राखेका छन्-छैनन्? यस्ता कुरा निकै संवेदनशील विषय हुन्। तर, हामी कहाँ यस्ता फोहोर एकै ठाउँमा राखिने गरिएको छ। जसले जोखिम मात्रै निम्त्याएको छ। 

अस्पतालका फोहोरहरू उचित व्यवस्थापन नहुँदा अस्पतालमा जाने मानिसहरू मात्रै होइन, अस्पताल वरपरका वस्तीलाई जोखिम निम्त्याउँछ। त्यसैले सिंगो अस्पताल कति संक्रमणबाट सुरक्षित छ। त्यो महत्वपूर्ण कुरा हो। त्यसमा अस्पतालले निकै ध्यान दिनुपर्ने हुन्छ। तर, यहाँ त्यो विषयलाई त्यति महत्व दिइएकै छैन।

कसरी गर्ने त व्यवस्थापन?

विभिन्न सर्वेहरूबाट नेपालका डाक्टर र नर्सहरुमा पनि यस विषयमा ज्ञान नरहेको पाइएको छ। यता भएको ज्ञानको पनि उपयोग भएको छैन। ग्लोव, एप्रोन लगाउनु पर्छ। संक्रमण भएको बिरामीलाई छोएपछि हात धुनुपर्छ भन्ने डाक्टहरुलाई थाहा भएकै कुरा हो। तर, व्यवहारमा देख्न पाइँदैन। डाक्टर आमाहरु घरमा गएपछि आपना बच्चाहरूलाई पोशाक परिवर्तन नगरी र ननुहार्इ काखमा लिने गरेको देखिन्छन्। त्यसबाट बच्चाहरुलाई संक्रमण भित्रिन्छ। उनीहरु बिरामी पर्न सक्छन्। यसरी नै डाक्टरहरू सार्वजनिक यातायातमा यात्रा गर्दा अरू सर्वसाधारण पनि जोखिममा पर्न सक्छन्।

अस्पतालको संक्रमणको प्रभाव बिरामी मात्रै होइन, स्वयम् डाक्टरहरू पनि भइरहेका छन्। बिरामीमा थप संक्रमण भएपछि डाक्टरले एन्टिबाइटिक औषधि दिन्छन्। बारम्बार एन्टिवाइटिक खाइयो भने यस्तो अवस्था सृजना हुन्छ कि एन्टिवाटिक खाएर पनि रोग निको हुँदैन। त्यसले दीर्घकालीन असर पार्छ। यसले खर्च मात्रै बढाउँदैन, बिरामीसंगै भएको रोगभन्दा खतरनाक रोग निम्तिन सक्छ। हामी कहाँ अस्पतालमा संक्रमण नियन्त्रण नभएकाले सिधैं बिरामीहरू यसरी पीडित भइरहेका छन्।
राजधानी काठमाडौंका केही अस्पतालमा संक्रमण नियन्त्रणका लागि केही हदसम्म काम सुरू हुन थालेको छ। जुन सकारात्मक कुरा हो। तर, जुन रुपमा हुनुपर्ने हो त्यो भएकै छैन। अस्पतालमा के भइरहेको छ, त्यसको अनुगमन सरकारले गर्नु पर्ने हो। अस्पताल सञ्चालन मापदण्डमा पनि ती कुरा समावेश छन्। तर, यहाँ कार्यान्वयनमा समस्या छ। तर, अनुगमन पनि चुस्त छैन।

अस्पताल जन्य फोहोर व्यवस्थापनको कार्यक्रम एक दशक अगाडिसम्म वीर अस्पतालले राम्रो काम गरिरहेको थियो। एसियाकै नमूनाको रुपमा वीर अस्पतालमा विकास भएपछि अरू देशका मानिसहरू हेर्नलाई आउने गर्थे। तर, वि. सं.२०७२ साल वैशाखको भूकम्पपछि त्यो बिल्डिङ भत्किन पुग्यो। त्यसपछि यस कार्यक्रमले निरन्तरता पाउन सकेन। निरन्तरता दिनका लागि कसैले रूची नदेखाएपछि फोहोर व्यवस्थापन गर्ने काम अहिलेसम्म अलपत्र परेको छ।
केही अस्पतालले फोहोर र संक्रमण व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन गरेको दुई दशक भएको छ। तर, पनि प्रभावकारी देखिएको छैन। ज्ञान प्राप्त गरेकाहरुले नै हेलचेक्र्याइँ गरेकाले जोखिम बढेर गएको हो। 

काठमाडौंको पाँच वटा अस्पतालले अहिले पनि अस्पताल बाहिर फोहोर निकै उच्च तापक्रममा बाल्ने (इसिरेसन) गरिरहेका छन्। त्यसरी फोहोर बाल्दा निस्किने विषाक्त्त धुँवाले वरिपरिको वस्तीमा बस्ने मानिसहरुको स्वास्थ्यमा असर पारिरहेको छ। विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार पनि यस्ता काम उचित छैनन्।

त्यसकारण अहिले अटो क्लिप प्रविधिलाई उत्तम मानिएको छ। केही अस्पतालले यसलाई सुरुवात गर्ने चरणमा पुगिसकेको छन्। अस्पतालभित्र बिरामीलाई उपचार गर्दा प्रयोग गरिएका उपकरणहरु अटोक्लिप गरिन्छ। उच्च तापक्रममा प्रयोग गरिएका सामाग्री राखेर किटाणुहरु नष्ट गरिन्छ। हेपाटाइटिस, एचआइभी एड्सका बिरामीका लागि प्रयोग गरिएका सामग्रीहरु अटोक्लिप गर्दा किटाणु पूरै नष्ट हुन्छन्। यस्तो अटोक्लिप चाहिँ अस्पताल भित्रै सेट गरिन्छ। अहिले विश्वले नै यो प्रविधि अपनाउँदै छ। प्रयोग गरिएका सामग्रीझैं अस्पतालबाट निस्किने फोहोरलाई पनि अटोक्लिप गर्नुपर्छ अनि मात्रै फाक्नुपर्छ। त्यसकारण अहिले भइरहेको इनसिरेसन हटाएर सबै अस्पतालले अटोक्लिप गर्ने व्यवस्था गर्नुपर्ने भएको छ।

अहिले अस्पतालमा भएभरका फोहोर एकै ठाउँमा राख्ने गरिन्छ। त्यो व्यवस्थापन गर्न आफैमा चुनौती बन्छ। त्यसकारण फोहोरलाई स्रोतमै उचित व्यवस्थापन गर्नुपर्छ। रिसाइकल हुने कुरा के हुन् र नहुने के हुन् त्यो छुट्याउनु पर्छ। डिस्पोज गर्ने कुरा के हुन्। कुहिने कुरा के हुन् यी कुरा छुट्याएपछि मात्रै अटोक्लिपमार्फत् व्यवस्थापन गर्न सकिन्छ।

अटोक्लिप राख्न पनि महँगो पर्छ। २५ लाख जति पर्छ। यसका साथै सञ्चालनको लागि दक्ष जनशक्ति चाहिन्छ। त्यसैले सरकारले जनउतरदायी काम गर्ने अस्पताललाई विशेष सहुलियत दिने गरेमा मात्रै यो प्रभावकारी कार्यान्वयन हुन सक्छ।

नीतिगत रुपमा पनि फोहोर व्यवस्थापनमा सरकारले पहल सुरू गरेको छ। अस्पतालले फोहोरको व्यवस्थापन उचित तरिकाले गरेन भने अस्पतालको नवीकरण नै नगर्ने नीति स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन मापदण्डमा छ। ६ वर्षभित्र त्यो मापदण्ड पूरा नगर्ने अस्पतालको सञ्चालन रोक्का पनि सरकारले गर्न सक्छ। 

फोहोर र संक्रमण नियन्त्रणका लागि अस्पताल भित्र क्यान्टिन तथा शौचालयको पनि राम्रो व्यवस्था गरिनु पर्ने हुन्छ। बिरामीले खाएका भाँडाकुँडाहरूको राम्रोसँग सरसफाइ नहुँदा र शौचालय सफा नगर्दा समस्या आउँछ। यी पनि अस्पतालले निकै ध्यान दिनुपर्ने विषय हुन्। खाना बनाउने खाने भाँडाकुँडा मात्रै होइन कि बिरामीलाई खाना कति सुरक्षित रूपमा लगिन्छ, त्यो कुरा पनि विचार पुर्याउनु पर्छ। बिरामीका खाना एक ठाउँबाट अर्काे ठाउँमा पुर्याउनका लागि नयाँ-नयाँ प्रविधियुक्त भाँडाकुँडा पनि उपलब्ध छन्। ती सामान प्रयोग गरे मात्रै पनि अस्पतालभित्र खानेकुरा ल्याउने लैजाने गर्दा संक्रमणबाट बिरामीलाई जोगाउन सकिन्छ।

अहिले गैरसरकारी अस्पतालहरुले संक्रमण र फोहोर व्यवस्थापनका लागि चासो दिन थालेका छन्। भारतको केरलास्थित अमृता मेडिकल साइन्सेसको सहकार्यमा काठमाडौंका सात वटा अस्पतालले फोहोर व्यवस्थापन र संक्रमण नियन्त्रणका लागि ज्ञान र सीप लिने काम गरिरहेका छन्। गत वर्षदेखि हामी उक्त संस्थासँग मिलेर सात वटा अस्पतालका डाक्टर, कर्मचारी र सरोवारवालालाई तालिम साथै सीप दिने काम सुरू गरेका छौं। ती अस्पतालमा संक्रमण नियन्त्रणको लागि संयन्त्र बनेका छन्। संक्रमण नियन्त्रणका लागि हामीले भर्खरै पाइला चालेका छौं। अब यो संयन्त्रलार्ई दीगो र दरिलो पार्ने गरी काम गर्न बाँकी नै छ। त्यसकारण अहिले अस्पतालजन्य फोहोर र संक्रमण नियन्त्रणका लागि सबै जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ।(कुराकानीमा आधारित)


 

More form the Internet

loading...