Suvadin, Home

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन्।
नारायणी नमुना उमावि चितवन।

काठमाडौं,असार ४- गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको चितवनको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। 

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन्। 

विद्यालयबाट जम्मा  २५२ जनाले परीक्षा दिएका थिए। गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो। 

प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयलाइ बुझ्दा आफनो  विद्यालय अगाडि  रहेको बताउए। उनले भने – “सम्भवतः यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालय पहिलो हो ।” एक दुई दिनमा एकिन हुने उनले बताए। 

विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा २९० जना विद्यार्थी अध्ययनरत छन्। हरेक वर्ष प्रवेश परीक्षा गराएर मात्र विद्यार्थी भर्ना गर्ने गर्छ। रासस
 


 

More form the Internet

loading...