Suvadin, Home

शिक्षा मन्त्रालय  शिक्षा ऐनको नवौं संशोधनको तयारीमा

शिक्षा मन्त्रालयले नवौं शिक्षा ऐन संशोधनको तयारी गरेको छ। शिक्षा ऐनको नवौं संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाट पास भइसकेको भन्दै शिक्षा मन्त्रालयले बिहीवार नै संसदमा नवौं शिक्षा ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने भएको हो। ऐन संशोधन प्रस्ताव संसदमा दर्ता भएमा भाद्र १० गतेको परीक्षा पुनः सर्ने निश्चित देखिएको छ।
शिक्षा मन्त्रालय।

काठमाडौं, भदौं, १ –शिक्षा मन्त्रालयले नवौं शिक्षा ऐन संशोधनको तयारी गरेको छ। शिक्षा ऐनको नवौं संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाट पास भइसकेको भन्दै शिक्षा मन्त्रालयले बिहीवार नै संसदमा नवौं शिक्षा ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने भएको हो। ऐन संशोधन प्रस्ताव संसदमा दर्ता भएमा भाद्र १० गतेको परीक्षा पुनः सर्ने निश्चित देखिएको छ। 


मुख्यगरी अस्थायी शिक्षक र सरकारबीच भएको  ४ बुंदे सहमति कार्यान्वयन गर्न भन्दै शिक्षा मन्त्रालयले ऐन संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न लागेको जनाईएको छ।

अस्थायी शिक्षकहरुले परीक्षा पछिको सुविधा, २०६३ यताका अस्थायी शिक्षकहरुलाई आन्तरिक र खुला विज्ञापनको अनुपात मिलाउनुपर्ने लगायतका माग राख्दै आमरण अनसन लगायतका आन्दोलन गदैं आईरहेका छन्। सोही विषयलाई लिएर गत असार ९ गते शिक्षा मन्त्रालय र अस्थायी शिक्षकहरु बीच सहमति समेत भएको थियो।

 संशोधन प्रस्ताव संसदमा दर्ता भए बिहीवार नै आमरण अनसन लगायतका आन्दोलन फिर्ता लिने संयुक्त अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ।

संशोधन प्रस्तावमा सबै अस्थायी शिक्षकहरुलाई एकपटक परीक्षामा सहभागी हुन दिने, २०६१ साउन २१ देखि २०६७ माघ ९ गते सम्म नियुक्ति भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउन र २०६७ साल माघ ९ गते देखि २०७३ चैत १९ सम्मका अस्थायी शिक्षकका हकमा आन्तरिक ६० र खुल्ला ४० प्रतिशत हुने ब्यवस्था समेटिएको मन्त्रालयले जनाएको छ।


 


 

More form the Internet

loading...