Suvadin, Home
Nepal Telecom 1.213M

शिक्षा सम्बन्धि संवैधानिक हकको एन प्याव्सनद्वारा विरोध

शिक्षालाई मौलिक अधिकारको रुपमा भएको संवैधानिक व्यवस्थाको निजी विद्यालय सञ्चालकहरुले विरोध गरेका छन्।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालका पदावधिकारी।

काठमाडौं, असोज २५ – शिक्षालाई मौलिक अधिकारको रुपमा भएको संवैधानिक व्यवस्थाको निजी विद्यालय सञ्चालकहरुले विरोध गरेका छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल एन प्याव्सनको छैटौं महाधिवेशनका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले लगानी सुरक्षाको माग गर्दै उक्त व्यवस्थाको विरोध गरेका हुन्।

वर्षौदेखि यही क्षेत्रमा कृयाशिल थुर्पै व्यक्तिको मात्रै नभएर उनीहरुको लगानीको प्रश्न महत्वपूर्ण भएको भन्दै एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले घुमाउरो तरिकाले संवैधानिक हकको विरोध गरेका हुन्। 

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने ब्यवस्था छ।

स्वदेशी लगानी र जनशक्तिद्धारा सञ्चालिन निजी विद्यालयहरुको ज्ञान र सीप सरकारले उपयोग गर्न उनको सुझाव छ। आगामी कात्तिक १७–१९ मा चितवनमा हुने महाधिवेशनमा यस विषयमा ब्यापक छलफल गरेर अवधारणा तय गर्ने शाहीलेको जानकारी दिए।

महाधिवेशनका लागि विभिन्न २६ उपसमिति निर्माण गरेको पनि उक्त अवसरमा जानकारी दिएको थियो। २५ सय सदस्य विद्यालयका प्रतिनिधिहरुले आगामी ३ बर्षको लागि नयाँ कार्यसमति चयन गर्ने छन्।


 

More form the Internet

loading...