Suvadin, Home

गठबन्धनको प्रभाव विद्यार्थी आन्दोलनमा 
शिक्षामन्त्रीको राजीनामाको माग गर्दै शिक्षा मन्त्रालयभित्र नाराबाजी 

शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ। शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो।
शिक्षा मन्त्रालय।

काठमाडौं, असोज २७ – शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ। शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो।

नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रबार ज्ञापनपत्र बुझाउने भन्दै झुटो बोलेर मन्त्रीको कार्यकक्षमा पुगेका थिए। त्यसलगत्तै उनीहरुले ढोका थुनेर नाराबाजी शुरु गरेका थिए।

उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका थिए। शिक्षा विधेयकको नवौ संशोधन फिर्ता गर्नुपर्ने, विभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा विद्यार्थीहरुले लगाएका थिए।

झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसपछि विद्यार्थीहरु कार्यकक्षबाट बाहिरिएका थिए। कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।

बिहीबार बसेको नौ विद्यार्थी संगठनहरुको बैठकले शिक्षामन्त्री श्रेष्ठले नेपालको शिक्षा नीतिलाई तहस नहस गरेको आरोप लगाउँदै सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका थिए।

यस अघि संसदमा लामो समय छलफल हुँदा चुप बसेका विद्यार्थी संगठन संसदले ऐन पारित गरेपछि बल्ल विरोधमा उत्रिएका हुन्।

अहिले पनि उक्त ऐन प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेपछि उनीहरुले विरोधका गतिविधि बढाएका छन्।राजनीतिक दलहरुविचको बढ्दो ध्रुविकरणको प्रभाव विद्यार्थी आन्दोलनमा पनि देखिएको छ। 


 

More form the Internet

loading...