Suvadin, Home

Cover Image

अस्थायी साधनको प्रयोगकर्ता बढे 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो।

रोल्पा, १८ पुस – रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता ह्वात्तै बढेका हुन्। 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो।

यसैगरी आव २०७४/७५ मा यसरी अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या ४० प्रतिशत पुगेको देखिएको छ। 

यसरी अस्थायी साधन प्रयोग गर्नेमध्ये २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गर्दछन्। त्यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्ने देखिएको छ । डिपो प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत देखिएको छ।

जिल्लामा आइयुसिडी र पिल्स प्रयोगकर्ता क्रमशः ४ र ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ। 

जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या भने १७ प्रतिशत मात्र देखिएको छ। पुरुष बन्ध्याकरण भ्याक्सेटोमी र महिला स्थायी बन्ध्याकरण मिनिल्याप गर्नेको सङ्ख्या अस्थायी साधन प्रयोगकर्ताको तुलनामा कम रहेको बताइन्छ। 

जिल्लामा सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिइन्। अघिल्लो आवमा सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने किशोरीको सङ्ख्या ५५३ थिए अनमी डाँगीले भनिन्।


 

More form the Internet

loading...