Suvadin, Home
Nepal life 2.751M

सुप–विश्वविद्यालयको बिबिए सातौँ ब्याचलाई अभिमुखिकरण

अभिमुखिकरण कार्यक्रममा बोल्दैँ विश्वविद्यालयको व्यवस्थापन संकायका डिन पदमकान्त जोशीले नयाँ विद्यार्थीलाई लगनशिल भएर पढ्न आग्रह गरे। उनले बिबिएले मध्यम तहको जनशक्ती उत्पादन गर्ने उल्खेख गर्नै आफ्नो भविष्य निर्माणका लागी संयम विद्यार्थीले जिम्मेवार र लगनशिन बन्नु पर्ने बताए। 

मदन गिरी, महेन्द्रनगर १७ असोज – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका बिबिए सातौँ ब्याचको विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ। आइतबार महेन्द्रगरमा एक कार्यक्रम गर्दै विश्वविद्यालयको व्यवस्थापन संकायले बिबिएमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण ओरिन्टेसन प्रोग्राम आयोजना गरेको हो।  

व्यवस्थापन संकाय प्रमुख प्रेम खातीले नयाँ भर्ना भएको विदार्थीलाई विश्वविद्यालय लगायत बिबिएको पाठ्यक्रमका बारेमा जानकारी दिन अभिमुखीकरण कार्यक्रम गरिएको बताए। उनका अनुसार हाल बिबिए सातौँ ब्याजमा दुई वटा समुहमा ९० विद्यार्थी भर्ना भएको छन्। 

अभिमुखिकरण कार्यक्रममा बोल्दैँ विश्वविद्यालयको व्यवस्थापन संकायका डिन पदमकान्त जोशीले नयाँ विद्यार्थीलाई लगनशिल भएर पढ्न आग्रह गरे। उनले बिबिएले मध्यम तहको जनशक्ती उत्पादन गर्ने उल्खेख गर्नै आफ्नो भविष्य निर्माणका लागी संयम विद्यार्थीले जिम्मेवार र लगनशिन बन्नु पर्ने बताए। साथै विद्यार्थीले पठनपाठनसँगै क्याम्पसका अन्य गतिविधिमा सक्रिय हुनुपर्ने र जसले प्राध्यापक लगायतका अन्य जिम्मेवार निकायलाई झन शसक्त बनाउने उनको भनाई छ। 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिन जोशीले योजना बनाएर अगाडी बढ्न र  विश्वविद्यालयको नाम उचाईमा पुर्याउन नव आगन्तुक विद्यार्थीलाई आग्रह समेत गरे। यस्तै  उप–प्राध्यापक राजेन्द्र पशाद जोशीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै बिबिए कार्यक्रमले पढाईसँगै व्यत्तित्व विकासका लागी निकै उपयोगी हुने बताए।

उनले पछिल्लो सयममा विश्वविद्यालयको जनशक्ती विभिन्न रुपकमा सरकारी तथा गैर सरकारी संघ सस्थामा कामरत रहेकोले उल्लेख गर्दै विद्यार्थीको सफलले नै विश्वविद्यालयका लागी महत्वपुर्ण उपलब्धी हुने बताए। 

विश्वविद्यालयका उप प्राध्यापक हरी शंकर पन्तले बिबिए पाठ्यक्रमका बारेमा विद्यार्थीलाई जनाकारी गराएका थिए। कार्यक्रममा दर्गा लक्ष्मी क्याम्पस अत्तरियाका प्रमुख डम्बर पाल, विश्वविद्यालयका प्राध्यापक लगायत कर्मचारी र सिनियर विद्यार्थीको सहभागीता रहेको थियो।


 

More form the Internet

loading...