Suvadin, Home

डाेल्पामा भारइल ज्वराेकाे प्रकाेप, तीन जनाको मृत्यु

  डोल्पामा भाइरल ज्वरोको प्रकोप फैलिएकाे छ। भाइरल ज्वराेले तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा तीन जनाले ज्यान गुमाएका छन्।
प्रतिकार्यात्मक तस्बिर।

डोल्पा, असार १–  डोल्पामा भाइरल ज्वरोको प्रकोप फैलिएकाे छ। भाइरल ज्वराेले तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा तीन जनाले ज्यान गुमाएका छन्।

भाइरल ज्वरोकै कारणले मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको जनाइएकाे छ। 

तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरुभइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा श्रीकान्त अग्रवालले जानकारी दिए। 

“जिल्लाबाट खटिएका स्वास्थ्यकर्मीले घरमै पुगेर जाँचसँगै औषधिसमेत वितरण गरेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोको प्रकोप फैलिए पनि आत्तिनुपर्ने अवस्था छैन् डा अग्रवालले बताए।

 
डा अग्रवालले सङ्क्रमित बिरामीलाई उमालेको पानी पिउन, न्यानो कपडाको प्रयोग गर्न तथा प्रकोप फैलन नदिन सङ्क्रमित व्यक्तिले मास्क प्रयोग गर्नसमेत सुझाव दिए।


 

More form the Internet

loading...