Suvadin, Home
Citizen Bank 806.8k

Cover Image

खोकी लाग्दा खानु हुन्न यी ३ खाना

खोकी लागेको बेला दुध वा दुधबाट बनेका उत्पादनले श्वास नली, फोक्सो र घाँटीमा कफ जम्मा गर्छ।

काठमाडाैं,  १९ मंसिर – रूघाखोकीलार्इ नेपाली समाजमा सामान्य रोगको रूपमा हेरिन्छ। विशेष गरि मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छको पाइन्छ। प्राय रूघाखोकीको घरेलु अपचार विधिहरू अप्नाइन्छ। 

सामान्य खोकीमा सुप, अदुवा, मह, भिटामिन सीयुक्त र मसालेदार खाना खानु फाइदाजनक भएपनि सबै घरेलु अाैषधी लाभदायक हुँदैनन्। केही यस्ता घरेलु सामाग्रीले स्वास्थ्यमा अझ हानी पुर्याउन सक्छ।

खोकी लाग्दा कस्ता सामाग्रि नखानेः

१) तारेको खाना
तारेको खानाले खोकी झन् बढ्छ हुँदा खोकी लागेको बेला जंक फूड र फ्रेन्च फ्राइबाट टाढै रहनुहोला।  साइट्रिक एसिडयुक्त फल जस्तै अमिलो खानाले पनि खोकी बढाउँछ। यसको साटो भुँई कटहर, तरबुज खानु फाइदाजनक हुन्छ। मुला, चिसो पदार्थ, काँचो टमाटर सेवनले कफ बढाउने काम गर्छ।

२) दुध
खोकी लागेको बेला दुध वा दुधबाट बनेका उत्पादनले श्वास नली, फोक्सो र घाँटीमा कफ जम्मा गर्छ। त्यसैले जबसम्म खोकी निको हुँदैन तबसम्म दुध र दुधले बनेको सामाग्रीबाट टाँढै बस्नु फाइदाजनक देखिन्छ।
 
३) प्रशोधित खाना
खोकी लागेका बेला प्रशोधित खाना सेवन गर्नु हुँदैन। यस्ता खानाले स्वास्थ्यमा थप जटिलता ल्याउँछ। जस्तै वाइट ब्रेड, वाइट पास्ता, बेक्ड फूड, चिप्स जस्ता सामाग्री खोकी लागेको बेला खानु हुँदैन। यस्ता खानेकुराको साटो हरियो तरकारी, साग खानु फाइदाजनक हुन्छ। 


 

More form the Internet

loading...