Suvadin, Home
Bridge Water

आँखा शिविरमा ३३० जनाको जाँच

शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताएका छन्। शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ। आँखा शिविरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले शुभारम्भ गरेका छन्। 
फाइल तस्वीर

कञ्चनपुर, २७ जेठ – कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३ सय ३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ। बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १ सय ८७ र पुरुष १ सय ४३ गरी जम्मा ३ सय ३० जनाले आँखा जाँच गराएका हुन्। 

शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताएका छन्। शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ। आँखा शिविरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले शुभारम्भ गरेका छन्। 

शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन्। शिविरमा गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टलगायत प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए।