Suvadin, Home

मुलुककाे विकास गर्न शिक्षा र स्वास्थ्य पहुँच बढाउनुपर्छः थापा

स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्किने बताएका छन्। ‘आजकोे शिक्षा’ साप्ताहिकको दशौं वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको हेर्न चाहेको मन्त्री थापाले बताएका हुन्। 
स्वास्थ्यमन्त्री गगन थापा

काठमाडौं, माघ २७


स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्किने बताएका छन्। ‘आजकोे शिक्षा’ साप्ताहिकको दशौं वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित सम्मान कार्यक्रममा जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकाङ्क्षा पूरा भएको हेर्न चाहेको मन्त्री थापाले बताएका हुन्। 

थापाले सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरु परनिर्भर भइरहनुनपर्ने पनि उल्लेख गरे। मन्त्री थापाले ‘आजको शिक्षाडटकम’ को शुभारम्भ पनि गरे। 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले सो पत्रिकाको सफलताको कामना गरे।

शिक्षाकर्मी सम्मानित

कार्यक्रममा शिक्षाविद्, शिक्षा सेवी र पत्रकारहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा डा. विद्यानाथ कोइराला, डा. बाबुराम अधिकारी, डा. भोला दाहाल, महाश्रम शर्मा, रमाकान्त शर्मा, जीतबहादुर साह, उत्तरकुमार पराजुली, प्रकाशसिंह अधिकारी, कृष्ण सुवेदी, टीकाराम रेग्मी, इन्द्रकुमार श्रेष्ठ, प्रकाश सिलवाल, लक्ष्मण केसी लगायत छन्।

सो पत्रिका १० वर्षअघि सुदर्शन सिग्देलको सम्पादनमा प्रकाशित हुँदै आएको छ।


 

More form the Internet

loading...