Suvadin, Home
Nepal life 2.601M

अन्तर्राष्ट्रिय युथ क्याम्पमा सहभागी हुन १६ विद्यार्थी भारत प्रस्थान

गान्धी पिस फाउन्डेसनका लागी नेपालका संम्पर्क व्यक्ति डा.भोजराज पन्तले अगामी डिसेम्बर ३ देखि १० तारिखसम्म भारतको सुल्तानपुर लोनि पञ्जावमा हुने क्याम्पका लागी नेपालबाट विद्यार्थी पठाएको बताए। 

महेन्द्रनगर, १६ मंसिर – गान्धी पिस फाउन्डेसनले आयोजना गर्न लागेको अन्र्तराष्ट्रिय युथ क्याम्पमा सहभागी हुन महेन्द्रनगरका १६ विद्यार्थी भारतको राजधानी डिल्ली प्रस्थान गरेका छन्। महेन्द्रनगरको ब्रिक्सटोन कलेजका १६ जना विद्यार्थी अन्तर्राष्ट्रिय क्याम्पमा सहभागी हुन आईतबार डिल्ली प्रस्थान गरेको हुन्।

गान्धी पिस फाउन्डेसनका लागी नेपालका संम्पर्क व्यक्ति डा.भोजराज पन्तले अगामी डिसेम्बर ३ देखि १० तारिखसम्म भारतको सुल्तानपुर लोनि पञ्जावमा हुने क्याम्पका लागी नेपालबाट विद्यार्थी पठाएको बताए। 

उनले विश्वभरका पाँच हजार पाँच सय युवा तथा विद्यार्थी क्याम्पमा सहभागी हुनेछन्। क्याम्पका सहभागीलाई सरसफाई, अनुशासन लगायतका विषयमा प्रशिक्षण गराईने छ। 
त्यस्तै फाउन्डेसनका संस्थापनक डा.एस.एन सुब्बा रावको प्रशिक्षणमा हुने युथ क्याम्पमा पञ्जाबमा एक लाख ५० हजार विरुवा रोप्ने तथा पाँच सय ५० पिन्ट रत्तदान गर्ने कार्यक्रम रहेको छ। 

फाउन्डेसनका लागी नेपालका संम्र्पक व्यक्ति डा.पन्तले विगत १३ वर्ष देखि महेन्द्रनगरको आदर्श विद्या निकेतनका विद्यार्थीले क्याम्पमा सहभागीता जनाउदैँ आईरहेको बताए। साथै क्याम्पका सहभागीलाई अमृत सहारा गोल्डन मन्दीर, बगा बोडर लगायतका क्षेत्रमा अवलोकन गराईने छ।


 

More form the Internet

loading...