Suvadin, Home

राष्ट्रिय आरोग्य दिवस मनाइयाे
बुद्ध जयन्तीका दिन ध्यान दिवस मनाउनुपर्छः स्वास्थ्यमन्त्री

पोखरेलले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व रहेकाे बताए। संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती गरेकाे उनले बताए। पाेखरेल अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजाने बताएका छन्।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल।

काठमाडौं, असोज ३१ – स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन्। 

आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा पाेखरेलले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्। 

पोखरेलले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व रहेकाे बताए। संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती गरेकाे उनले बताए।

पाेखरेल अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजाने बताएका छन्। उनले नयाँ स्वास्थ्य नीतिमा आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि जनाएका छन्। 

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्रत्येक विद्यालयबाटै योग र स्वास्थ्य जीवनशैलीबारे विद्यार्थीमा शिक्षा दिनु आवश्यक भएको बताएका छन्। उनले पर्याप्त बजेटको

अभावमा आयुर्वेद र योगसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन नभएकाले यसमा लगानी बढाउनसमेत आग्रह गरेका छन्। योगाभ्यास र पञ्चकर्मबारे जनतालाई सेवा दिनका लागि बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ। 

आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण लागिएको हो। 

महानिर्देशक उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशष्टि व्यक्तिसम्मका लागि बन्ने ठूलो योग सेन्टरमा अहिले प्रशासनिक भवन बन्दै गरेकाे बताए। जसका लागि रु एक करोड ५० लाख छुट्याइएको र अन्य भवनका लागि नक्साङ्कन भइरहेको उनले बताए। 

पूरै भवनका लागि गुरुयोजना बनाउन लागिएको र यसका लागि करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको उनकाे भनार्इ छ। उक्त सेन्टरमा स्वास्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतको सेवा दिई नसर्ने रोगबारे कार्यक्रम हुने बताइएको छ। 

राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा टेकुदेखि नरदेवीस्थित आयुर्वेद चिकित्सालयसम्म प्रभातफेरी गरिएको थियो। स्वास्थ्यमन्त्री पोखरेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गरेका थिए।


 

More form the Internet

loading...