Suvadin, Home

आज विश्व हात धुने दिवस
साबुन पानीले मिचीमिची हात धुनुहोस्, यस्ता छन् नौ तरिका 

थोरै समय लगाएर वा पानीले मात्रै हात धुँदा यसले हाम्रो हातलाई पुरै किटाणुमुक्त गराउँदैन। त्यसैले हातलाई किटाणुमुक्त बनाउन सहि तरिकाले साबुनपानीले मिचिमिची हात धुन आवश्यक पर्छ । हात धुँदा विश्व स्वास्थ्य संगठनले तयार पारेको निम्न विधि अवलम्बन गर्नु जरुरी छ।
विश्व हात धुने दिवस।

काठमाडौ, असोज २९ – आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

साबुन पानीले मिचीमिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञहरुले बताएका छन्।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ। यो दिवस बालबालिकालाई लक्षित गरी मनाउन थालिएकाले उनीहरुलाई हात किन धुनुपर्छ भन्ने विषयमा जानकारी गराउन आइतबार  ठाउँठाउँमा चेतनामूलक कार्यक्रम हुँदैछन्।

वालवालिकामा आएको चेतनाले समाज परिवर्तनमा ठूलो भूमिका रहने भएकाले उनीहरुको विकास र स्वास्थ्यलाई मध्यनजर गर्दै सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो। विश्वमा सरसफाईमा ध्यान नपुर्‍याउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको छ।

हात धुने सहि तरिका
थोरै समय लगाएर वा पानीले मात्रै हात धुँदा यसले हाम्रो हातलाई पुरै किटाणुमुक्त गराउँदैन। त्यसैले हातलाई किटाणुमुक्त बनाउन सहि तरिकाले साबुनपानीले मिचिमिची हात धुन आवश्यक पर्छ । हात धुँदा विश्व स्वास्थ्य संगठनले तयार पारेको निम्न विधि अवलम्बन गर्नु जरुरी छ।

–हातलाई पानीले भिजाउने र हातको अगाडि पछाडी दुवैतर्फ साबुन दल्ने

–दुवै हातलाई एक आपसमा दल्ने र साबुन फिजाउने। 

–दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बीचमा पनि पर्ने गरी दल्ने र देव्रे हातमा पनि सो दोहोराउने। 

–दुवै हात जोडेर औंलाहरूको बीचमा सफा गर्ने।

–दुई हातलाई एक आपसमा मुट्ठी पारेर कस्ने र औंलाको पछाडीको भाग सफा गर्ने। 

–दाइने बुढी औलालाई देव्रे मुठ्ठीले समात्ने अनि सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने। 

–देव्रे औंलाको टुप्पोहरुले दाहिने हातको हत्केला सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने। 

–हातलाई सफा रुमालले पुछ्ने। 


 

More form the Internet

loading...