Suvadin, Home

Cover Image

सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौती गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नुपरेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए।

काठमाडौं, २२ पुस – सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।

 ‘कर्मचारी समायोजन अध्यादेश’ आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुने गरी ल्याइएकाले अध्यादेश तत्काल सच्याउन दवाव दिन आन्दोलन सुरु गरेका हुन्। 

आन्दोलरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान) मा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २ घण्टा घेराउ गरेका हुन्।

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौती गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नुपरेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए।

सरकारी चिकित्सकहरुले समायोजन प्रक्रिया स्वेच्छिक बनाउन पनि सरकारसँग माग गरेका छन्। आफूहरुको माग सम्बोधन नभए अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने पनि चिकित्सक मण्डलले बताए।

सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी सो अध्यादेश आएको भन्दै मान्य नहुने सरकारी चिकित्सकहरुको अडान छ।


 

More form the Internet

loading...