Suvadin, Home

डा. केसी आजदेखि १३औं अनशन थाल्दै

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्राध्यापक प्रा. डा. गोविन्द केसीले आजदेखि १३औं अनशन थाल्ने भएका छन्।
डा. गाेविन्द केसी।

 काठमाडाैं, असाेज १९–त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्राध्यापक प्रा. डा. गोविन्द केसीले आजदेखि १३औं अनशन थाल्ने भएका छन्।

सरकारले यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ सुरु भएकाले असोज ११ गते अनशन स्थगन गरेका केसीले आजदेखि फेरि अनशन थाल्ने भएका हुन्।

गुणस्तरीय स्वास्थ्य र शिक्षाको अभियानमा सरकारको पटक–पटकको गैरजिम्मेवारीपनले गर्दा डा. केसीले आज बेलुका साढे ४ बजेबाट  १३औं सत्याग्रह थाल्ने उनका सहयोगी डा. अभिषेकराज सिंहले ट्वीटमार्फत जानकारी दिए।   

डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार, चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेलगायतका माग राख्दै आएका छन्।


 

More form the Internet

loading...