Suvadin, Home
Nepal life 3.22M

डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने

१६औँ चरणको अनशनमा बसेका डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।

काठमाडौं, २७ पुस – गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ।

१६औँ चरणको अनशनमा बसेका डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए।


 

More form the Internet

loading...