Suvadin, Home

फेसबुकबाट गठित ग्रुपद्वारा  ‘गुट्खामुक्त अभियान’शुरू

फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ थालेको छ। गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए।
गुट्खा।

काठमाडौं, असोज २५ – फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ थालेको छ। 
गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए।

विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा देखिएको र यसबाट स्वास्थ्यमा समेत नाकारात्मक असरपर्ने भएकाले यो अभियान सञ्चालन गरिएकोे कँडेलले बताए।

 जिल्लामा यस विरुद्ध हस्ताक्षर चलाइएको र अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिएको छ, उनले भने –विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको समूहले हरेक सोमबार विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दैआएको छ।

‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारासहित उनीहरुले अभियान चलाएका हुन्। सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिक अत्याधिक देखिएकाले यो अभियान आवश्यक परेको अर्का अभियान्ता नारायण सापकोटा बताउँछन्।

मानव स्वास्थ्यका लागि समेत असर पर्ने भएकाले गुट्खा प्रयोग रोक्नुपर्ने उनको तर्क छ।प्लास्टिकजन्य फोहरका कारण शहरबजार दुर्ग्न्धित हुने गरेकाले प्लास्टिकजन्य बस्तुको नियन्त्रण आवश्यक भएको उनको भनाइ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीले नाफामुखी भन्दा पनि समाजप्रतिको दायित्वसमेत निर्वाह गर्नुपर्नेमा जोड दिदैं अभियानलाई सकारात्मक रुपमा लिएको बताए।

यो अभियान मानव स्वास्थ्यकै लागि महत्वपूर्ण भएको अभियान्ता भोजनारायण कँडेलले बताए।
 


 

More form the Internet

loading...